प्रहरीलाई कार्ड, पैसा र मिठाइ: डिएसपीले सबै फिर्ता गरिदिए

प्रहरीलाई कार्ड, पैसा र मिठाइ:  डिएसपीले सबै फिर्ता गरिदिए

तुलसीपुरः दाङका एकजना डीएसपीले प्रहरीलाई विभिन्न बहानामा घुस दिएर गलत काम गराउन खोज्ने गिरोह बजारमा सक्रिय रहेको बताएका छन् । उनले प्रहरीलाई घुसका रूपमा आएको करिब एक लाख रुपैयाँ फिर्ता गरेकोसमेत दाबी गरेका छन् ।

चाडपर्व तथा अन्य अवसर पारेर यहाँका व्यापारी तथा संघसंस्थाको नाममा आउने निमन्त्रणा कार्डसँग खाममा आएको रकम उनले फिर्ता गरिदिएका हुन् । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुर प्रमुखको जिम्मेवारी सम्हाल्न दसैंअघि यहाँ आएका डीएसपी लोकनाथ तिम्सिनाले प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर गलत काम गराउन खोज्ने गिरोहका कारण जिल्लाको शान्तिसुरक्षा नै खलबलिएको बताए ।

‘प्रहरीलाई विभिन्न बहानामा खाममै पैसा आउँदो रहेछ, यो यहाँको पुरानै चलन होजस्तो लाग्यो, तर म त्यस्तो प्रहरी होइन’, बिहीबार कार्यालयमै पत्रकारहरूसँगको भेटघाटका क्रममा उनले भने, ‘त्यसरी यो अवधिभर आएको करिब एक लाखभन्दा बढी पैसा मैले सम्बन्धितहरूलाई फिर्ता गरेको छु ।’

शुभकामना कार्डसँग खाममा पैसा राखेर पठाउने व्यापारी तथा संघसंस्थाका प्रतिनिधिलाई उनी आफैले बोलाएर अबदेखि यस्तो काम नगर्नसमेत चेतावनी दिएका थिए । दाङका अन्य क्षेत्रको तुलनामा प्रहरीले तुलसीपुर क्षेत्रलाई शान्तिसुरक्षाका हिसाबले निकै संवेदनशील सूचीमा राखेको छ ।

जुवाअड्डा एवं खुलेआम गुन्डागर्दीका कारण यस क्षेत्रमा आपराधिक गतिविधि बढी भइरहेको प्रहरीको अनुमान छ । तुलसीपुर क्षेत्रको मुख्य चुनौती जुवाअड्डा र गुन्डागर्दी नियन्त्रण नै भएको डीएसपी तिम्सिनाले बताए । ‘यिनै गिरोहलाई संरक्षण गरिरहेकाहरूले नै प्रहरीलाई खुलेआम किन्न खोज्दा रहेछन्’, उनले भने, ‘तर, म शान्तिसुरक्षाको सवालमा कसैसँग केही गलत सम्झौता गर्दिनँ ।’

प्रहरीको अनुसन्धान विभागले नै दाङको तुलसीपुर क्षेत्रलाई जुवा खेल्ने र खेलाउनेहरूका लागि प्रमुख सूचीमा राखेको छ । जुवा खेल्ने र खेलाउनेहरू लाखौं रकमको कारोबार गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको छ ।

‘प्रहरीलाई पैसा, मिठाइ र खानेकुरा दिएर शान्तिसुरक्षा खलबल्याउन पाइँदैन’, तिम्सिनाले भने, ‘कानुनबाहिर गएर कुनै पनि गलत क्रियाकलाप गर्नेलाई मैले कानुनअनुसार नै कारबाही गर्नेछु ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.