‘एमाले मधेसविरोधी पार्टी होइन’

‘एमाले मधेसविरोधी पार्टी होइन’

जनकपुरधामः संविधान जारी भएपछि मधेसमा चर्को विरोध खेपेका एमालेका शीर्ष नेताले बिहीबार जनकपुरमा मधेसी जनतासँगको साक्षात्कारमा आफ्नो पार्टी मधेसविरोधी नभएको बताएका छन् ।

दीपावली तथा छठपर्वको अवसरमा पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा सहभागी पार्टीका वरिष्ठ नेताहरूले मधेसी जनताको हितका लागि एमाले सदैव तत्पर रहेको धारणा राखे ।

एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान संविधान मधेसविरोधी नरहेको र यसका विषयमा भ्रामक प्रचारबाजी गरी जनतालाई धोकामा पार्ने प्रयत्न भइरहेको बताए । ‘यो संविधान सबैको अधिकारलाई सुनिश्चित गर्ने खालको परिवर्तनकारी र प्रगतिशील छ । त्यसैले, यसप्रति गलत धारणा बनाउनु उचित हुँदैन’, उनले भने ।

लोकतान्त्रिक, देशभक्तिपूर्ण, प्रगतिशील र समाजवाद वर्तमान संविधानका चारवटा प्रमुख विशेषता रहेको उनको भनाइ छ । यिनको रक्षा र कार्यान्वयनको जिम्मेवारी हिमाल, पहाड र मधेस तीनवटै क्षेत्रका नेपाली जनताको रहेको उनले बताए ।

‘संघीयताका सवालमा केही मतभेद छन्, तर पहाड र मधेसलाई छुट्ट्याउने खालका प्रस्तावले देशको प्रगति कहिल्यै हुन सक्दैन,’ उनले भने । इतिहासदेखि नै पहाड र मधेस एक रहेकाले अहिलेको अवस्थामा सिंगो देश एकबद्ध भई समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

२०७४ माघ ७ गतेसम्म स्थानीय, प्रदेश र राष्ट्रियस्तर गरी तीन तहको निर्वाचन नभए वर्तमान संविधान कार्यान्वयन हुन नसक्ने भएकाले निर्वाचनको दिशामा जनतालाई सहयोग गर्न खनालले आह्वान गरे ।

एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालले एमाले पार्टी मधेसी, जनजाति, थारू, मुस्लिम सबैको पक्षमा सदैव आवाज उठाइराख्ने र विकासको पक्षमा लड्ने नीति लिएर अघि बढिरहेको प्रतिक्रिया दिए ।

मधेसको सम्मानको पक्षमा आवाज बुलन्द गर्ने एमालेविरुद्ध थुप्र्रै शक्ति लागिपरेको र उनीहरूले नै यसलाई मधेसविरोधी भनेर प्रचारबाजी गरेको उनको भनाइ छ । ‘संविधान जारी गर्दा थुप्रै छलफल भयो । सबैको चित्त बुझाउन सक्ने अवस्था थिएन । ९० प्रतिशतबाट पास भएको संविधान अधुरो रहेको वा काम नलाग्ने रहेको भनी केही व्यक्तिले प्रचारबाजी गरे पनि यसमा कुनै सत्यता छैन’, उनले भने ।

कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट, योगेश भट्टराई, पूर्वमन्त्री तथा प्रदेश संयोजक सत्यनारायण मण्डल, वैकल्पिक पोलिटब्युरो सदस्यहरू शत्रुघन महतो, वंशीधर मि श्र, रामपृत पासवान, विकास समितिका सभापति रवीन्द्र अधिकारीलगायत नेताको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.