'अन्नपूर्ण टुडे' बजारमा

'अन्नपूर्ण टुडे' बजारमा

काठमाडौं: अन्नपूर्ण मिडिया नेटवर्कको राष्ट्रिय साप्ताहिक 'अन्नपूर्ण टुडे' शुक्रबारदेखि बजारमा आएको छ । अन्नपूर्ण टुडेले देशको राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिकलगायतका महत्वपूर्ण क्षेत्रका खोज खबर प्रस्तुत गर्नेछ ।

लोकतन्त्र, प्रेस र अभिव्यक्ति स्वतन्त्रता र राष्ट्रिय स्वार्थको वकालट गर्दै अन्नपूर्ण टुडेले मुलुकको सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणको मुद्दालाई केन्द्रमा राखेर सूचना सम्प्रेषण गर्ने सम्पादक राजाराम गौतमले बताए ।

अन्नपूर्ण टुडेको आजको अंकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल नीति असफल भएपछि उनले गरेका त्रुटीलाई सच्याउँदै बिग्रेको सम्बन्ध सुधार्न भारतीय राष्ट्रपतिको नेपाल भ्रमण भएको, काठमाडौंका बालबालिका खेल्ने ठाउँ नुहँदा घरमै खुम्चने गरेको, निजी अस्पतालमा मापदण्ड नै नपुग्ने गरेको, शिक्षण सिकाइमै त्रुटी रहेको लगायतका समाज सुधारका लागि खबदारी गर्ने समाचार प्रकाशित छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.