एनएमबि बैंकको एक घर एक खाता
इटहरीः एनएमबी बैंकले पूर्वाञ्चलमा एक घर एक खाता अभियान सुरु गरेको छ । बैंकले बिहिबार सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी एक घर एक खाताको औपचारिक रुपमा उद्घाटन गरेको हो ।
एक घर एक खाताको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापगाईले बैंक खाता खोलेर अभियानको सूरवात गरेका थिए । चापगाईलाई बैंकका सदभावना दुत नायक राजेश हमालले खाता खोलाएका थिए ।
कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले पूर्वाञ्चलका सुनसरी, मोरङ, झापा, लगायतका पाहाडि जिल्लामा समेत शाखा विस्तार गरी एक घर एक खाता अभियान लैजाने बताए ।
उनले प्रत्यक घरमा बैंकमा नगद बचत गरी सुनिश्चित भविष्यको परिकल्पना गरी प्रत्येक नागरिकमा बैंकको पहुच पुर्याउन अभियान संचालन गरेको बताए । नायक राजेश हमालले बैकमा नगद बचत गर्ने बानिले आफैलाई फाइदा पुर्याउने भएकाले अनावश्यक खर्च गर्न छाडेर बैंकमा नगद जम्मा गर्न सबैलाई आग्रह गरे ।