सांग्रिला डेभलपमेन्ट बैंक १३ औं वर्षमा
काठमाडौः सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड बाह्रौं वर्ष पुरा गरी तेह्रौं वर्षमा प्रवेश गरेको छ ।
उक्त अवसरमा बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । केन्द्रीय कार्यालय वालुवाटार काठमाडौं, क्षेत्रीय कार्यालय नेपालगन्ज र क्षेत्रीय कार्यालय पोखरा परिसरमा अयोजित रक्तदान कार्यक्रममा एक सय १७ पिन्ट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौंडेलले बताए ।
उनका अनुसार संकलित रगत स्थानीय रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको छ । बैंकले ३१ वटा शाखा, ६ वटा माइक्रोफाइनान्स इकाइ, १२ वटा एटीएम तथा ५ शाखाबाट लकर सुविधालगायत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंक सशक्त रूपमा ग्राहकको सेवामा समर्पित हुन प्रतिबद्घ रहेको प्रमुख कार्यकारी अधिकृत पौंडेलले बताएका छन् ।