केभिन केयरको ब्रान्ड एम्बासेडरमा हमाल
काठमाडौः केभिन केयर प्रालिले कलाकार राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बासेडरको रूपमा अनुवन्ध गरेको छ । कम्पनीले इन्डिका ब्रान्डको ब्रान्ड एम्बासेडरका रूपमा हमाललाई नियुक्त गरेको हो ।
विगत २० वर्षदेखि नेपाली बजारमा विभिन्न ब्रान्डका सामान उपलब्घ गराउदै आएको उक्त कम्पनी हेयर कलर ब्रान्ड अन्तर्गतको ‘इन्डिका’ नेपाली बजारको प्रख्यात ब्रान्ड मानिन्छ ।
सुरक्षित हेयर कलरको रूपमा ‘इन्डिका हर्बल हेयर कलर’ लाई बजारमा ल्याएको यस कम्पनीले सजिलै केश रंगाउने कलरको रूपमा ‘इन्डिका १० मिनेट’ भिœयाएको छ । कम्पनीले अनुसन्धानलाई प्रथामिकतामा राख्दै आफ्नो बजारिकरण गर्दै आएको छ ।
‘इन्डिका इजी’ लाई प्याकेट खोली, पञ्जाको प्रयोगले सिधै कपालमा लगाउन र १० मिनेटपछि पखाली आपूmले चाहेको रंग सजिलै पाउन सकिने कम्पनीले जनाएको छ । स्याम्पुमा आधारित यस ‘इन्डिका इजि’ सँग अनुवन्धित हुन पाएकोमा एकदमै खुशी भएको हमालले बताएका छन् ।
उनले यसलाई आफैले प्रयोग गरेको र एकदमै सन्तुष्ट रहेको बताए । अन्तर्राष्ट्रिय स्तरको यस कलरलाई प्रयोग गर्न सजिलो र सुरक्षित भएको उनले बताए । केभिन केयरका विभिन्न ब्रान्डजस्तै चीक स्याम्पु, नाइल स्याम्पु, फेयर एभर क्रिम, स्पिन्ज डियो तथा पाउडरका साथै अन्य उत्पादनहरू पनि बजारमा उपलब्ध छन् ।