गोर्खा भर्तिको विरोधमा प्रदर्शनमा उत्रिएका विप्लव माओवादीका १३ कार्यकर्ता पक्राउ

गोर्खा भर्तिको विरोधमा प्रदर्शनमा उत्रिएका विप्लव माओवादीका १३ कार्यकर्ता पक्राउ

काठमाडौंः भारतीय सेनामा कार्यरत नेपालीलार्ई जोखिमपूर्ण क्षेत्रबाट फिर्ता गर्नुपर्ने र गोरखा भर्ति केन्द्र बन्द गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य अनिल शर्मा विरहीसहित १४ जनालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ।

गत कात्तिक १५ गतेका दिन जम्मुकश्मिरको राजौरी—बालकोट— मेंढर नजिकको ‘लाइन अफ कन्ट्रोल’मा भारतीय सेनामा कार्यरत नेपालका विमल तामाङको मृत्यु भएपछि गोरखा भर्ती बन्द गर्नुपर्ने माग गर्दै विप्लव माओवादीले शुक्रबार शान्तिबाटिकामा प्रदर्शन गर्ने क्रममा प्रहरी र माओवादी कार्यकर्ताबीच झडप भएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले प्रदर्शनको क्रममा १३ जनालाई पक्राउ गरिएको जानकारी दिए। शान्ति सुरक्षालाई ध्यानमा राखी उनीहरुलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ।

माओवादीका केन्द्रीय सदस्य गुणराज लोहनीले पोलिटब्युरो सदस्य शर्मासहित आकाश भेटवाल, प्रकाश दाहाल, रवि गोले, साहस भट्ट, टङ्क जोशी, धु्रव अधिकारी, प्रकाश अधिकारीलगायत १४ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

शान्तिबाटिकाबाट जुलुससहित लैनचौरस्थित नेपालका लागि भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेकामा शान्तिबाटिकामा प्रहरी हस्तक्षेपपछि ज्ञापनपत्र बुझाउने शुक्रबारको कार्यक्रम स्थगित भएको केन्द्रीय सदस्य लोहनीले बताए।

माओवादीले नेपाली गोर्खालाई समान सुविधा प्रदान गर्न र गोर्खा भर्ति केन्द्र बन्द गर्न माग गरेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.