राष्ट्रपति भण्डारीको भारत भ्रमण छिट्टै

राष्ट्रपति भण्डारीको भारत भ्रमण छिट्टै

काठमाडौंः सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण छिट्नै गर्ने निर्णय गरेको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको निष्कर्ष निकाल्दै सरकारले यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले मन्त्रिरिषद् बैठकबारे जानकारी दिदै भने, ‘राष्ट्रपतिको भारत भ्रमणको तयारी गर्ने निर्णय भएको छ ।’

त्यस्तै मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा अर्थ मन्त्रालय, राजस्व सचिव राजन खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीका अनुसार मन्त्रिपरिषद् बैठकले ख्वपः विश्वविद्यालयसम्बन्धी विधेयकलाई थप छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय समेत गरेको छ ।

कार्कीका अनुसार उत्पीडित तथा दलित उत्थान विकास समितिको कार्यकारी निर्देशकमा डा वुद्धिबहादुर नेपालीलाई मनोनयन गर्ने र विकास समितिहरुका अध्यक्ष नियुक्तिका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.