जनकपुरमा दुईवटा धर्मशाला र चक्रपथ निर्माण गरिदिने मुखर्जीको घोषणा

जनकपुरमा दुईवटा धर्मशाला र चक्रपथ निर्माण गरिदिने मुखर्जीको घोषणा

जनकपुरधाम: भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भारतले जनकपुरमा दुईवटा धर्मशाला निर्माण गरिदिने घोषणा गरेका छन्।

तीन दिने नेपाल भ्रमणको अन्तिम दिन शुक्रवार बिहान जनकपुर पुगेका भारतीय राष्ट्रपति मुखर्जीले नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भारतले जनकपुरमा दुईवटा धर्मशाला निर्माण गरिदिने घोषणा गरेका हुन्।

‘जानकी मन्दिर पर्यटकीय हिसावले पनि महत्वपूर्ण क्षेत्र भएकाले पनि तीर्थ यात्रीहरुको सुविधाका लागि जनकपुरमा भारतले दुईवटा धर्मशाला निर्माण गरिदिने घोषणा गर्न पाउँछ खुशी लागेको छ,’मुखर्जीले भने।

‘नेपाल र भारतको सम्बन्ध पुरानो हो। अझ जनकपुर र अयोध्याबीच प्राचीन सम्बन्ध छ,’उनले भने,‘नेपाल हाम्रो घनिष्ठ मित्र हो। हामीले त्यसैगरी हेर्ने गरेका छौं।’

मुखर्जीले नागरिक अभिनन्दन अघि जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका थिए। भारतीय राष्ट्रपति मुखर्जीले जानकी मन्दिरको गर्भगृहमा स्वर्णमयी जानकीजी र भगवान रामका मूर्तिको शास्त्रसम्मत विधिले विशेष पूजाअर्चना गरेका थिए। मुखर्जीले मन्दिरमा रहेको प्राचीन मूर्तिको पनि पूजा गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.