पत्रकारलार्इ उपचारमा ५० प्रतिशत छुट दिने प्रक्रिया अघि बढ्यो

पत्रकारलार्इ उपचारमा ५० प्रतिशत छुट दिने प्रक्रिया अघि बढ्यो

काठमाडौँ: श्रमजीवि पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि सूचना तथा सञ्चार मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाएको छ।

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारी अस्पतालमा उपचार गर्दा पत्रकारलाई ५० प्रतिशत छुट दिइने घोषणा सरकारले गरेका छन्। उक्त व्यवस्थाको कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको छ। स्वास्थ्य मन्त्रालयले अर्थ र सञ्चार मन्त्रालयका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घलगायत सरोकारवाला संघसंस्था तथा व्यक्तिको सहभागितामा समिति गठन गर्ने गृहकार्य सुरु गरिएको स्वास्थ्यमन्त्री गगनकुमार थापाका निजी सचिव शालिग्राम दाहालले जानकारी दिए। 

'सूचना तथा सञ्चार मन्त्रालयबाट पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिनेबारे चिठी प्राप्त भएको छ, उनले भने,'त्यसको कार्यान्वयनका लागि मापदण्ड बनाएर सरोकारवाला निकायको सहभागितामा समिति बनाउने र छलफल अगाडि बढाउने गृहकार्यमा मन्त्रालय लागिपरेको छ।'

त्यसैगरी मन्त्रालयले ल्याउन लागेको स्वास्थ्य बिमा कार्याक्रममा पनि पत्रकारलाई कसरी लाभान्बित गर्न सकिन्छ भन्नेबारे समेत छलफल भइरहेको र त्यसबारे पत्रकार महासङ्घले पनि चासो देखाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले बजेट पारित भएसँगै पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयन हुनुपर्नेमा अहिलेसम्म त्यो कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे। 

उनले उक्त व्यवस्था कार्यान्वयनका लागि महासङ्घले सञ्चार, अर्थ र स्वास्थ्य मन्त्रालयलाई समेत पटक/पटक अपिल गर्दै आएको बताए। महासंघकै पहलमा बजेटमा व्यवस्था गरिएको हुँदा यदि कार्यान्वयन नभएको खण्डमा महासङ्घले सकारात्मक दबाब दिने उनको भनाइ छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.