गाउँपालिकाको केन्द्र नभए रोल्पाबाट थबाङ छुट्टिने चेतावनी

गाउँपालिकाको केन्द्र नभए रोल्पाबाट थबाङ छुट्टिने चेतावनी

रोल्पाः दोस्रो संविधान सभाको निर्वाचनमा शून्य मतदान गरेका थबाङबासीले गाउँपालिकाको केन्द्र थबाङ हुनु पर्ने माग राख्दै सदरमुकाम लिबाङमा धर्ना दिन आएका छन्।

थबाङ गाविसका करिब एक हजार मानिस दुई दिन हिँडेर सदरमुकाम लिबाङमा आएर शुक्रबार दिउँसोबाट धर्ना सुरु गरेका छन् । ‘एक घर एक जना’ का दरले माग राख्न आएका थबाङीले नारा जुलुशसहित सदरमुकाम परिक्रमा गरे ।

सदरमुकाम आइपुगेका थबाङवासीले ‘थबाङमा गाउँपालिकाको केन्द्र कायम गरियोस्, मगरात स्वायत्त प्रदेश खोइ ? थबाङी जनताको माग जस्ताको तस्तै सिफारिस गर, स्थानीय तह प्राविधिक सहयोग समिति खवरदार’ जस्ता चर्का नारा लगाए ।

धर्ना कार्यक्रम लेखिएको कालो ब्यानर अनि विभिन्न नारासहितका प्ले कार्ड बोकेका थबाङीले स्थानीय विकास अधिकारीको कार्यालय जिविस नजिकै धर्ना सुरु गरेका छन् ।

स्थानीय तह पुनःसरचना प्राविधिक सहयोग समितिले प्रस्ताव गरेको गाउँपालिका र नगरपालिकाको खाकामा थबाङ केन्द्र कायम नगरिएकोमा उनीहरु आक्रोशित बनेका छन् । समितिले थबाङको गाउँपालिका केन्द्र पोबाङ प्रस्ताव गरेको छ ।

पहिला चरणमा गाउँपालिकाको खाका पेश गर्ने अवधिमा पनि थबाङीले थबाङ केन्द्रको माग गरेका थिए । २०४८ सालको निर्वाचनमा तत्कालीन जनमोर्चाबाट विजयी सांसद एवम् पुराना कम्युनिष्ट नेता बरमन बुढामगरको नेतृत्वमा थबाङीले माग राख्न काठमाडौं पुगेका थिए ।

बरमनको नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माग पत्र बुझाएका थिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले माग जायज भएको र सक्दो प्रयास गर्ने आश्वासन दिएका थिए । तर पहिलो चरणमा सात गाउँपालिका सिफारिस गर्दा पनि थबाङ केन्द्र कायम भएन ।

इलाकाकालाई आधार बनाएर पुनः स्थानीय तह पुनरसंरचना गर्न सहयोग समितिलाई निर्देशन भएको छ । नयाँ मापदण्डमा ७ देखि ९ गाउँपालिका र नगरपालिका सिफारिस गर्ने गरि रोल्पाको प्राविधिक सहयोग समितिलाई कार्तिक २० गते अन्तिम समयसिमा तोकिएको छ ।

थबाङी युवा अमित घर्तीमगरले मागको वेवास्था भए कडा संघर्ष गर्न तयार रहेको बताए । पहिलो दिनका धर्नामा सहभागीले कडा आक्रोश पोखे । थबाङीको माग राख्न आएको समितिका संयोजक जयप्रकाश रोकामगरले भीडलाई शान्त बनाउन हम्मेहम्मे परेको थियो । माग राख्न आएका थबाङीलाई सम्बोधन गर्दै उनले भने, ‘साथीहरु सबै शान्त पूर्वक माग राखौं । यदि हाम्रो मागको सजिलै सम्बोधन भएन भने जे पनि हुन सक्छ ।’

उनले मागको सम्बोधन नभए २५ सय थबाङी युवाले लिबाङ घेर्न आउने चेतावनी दिए । जयप्रकाश विप्लव माओवादीका जिम्मेवार नेता पनि हुन । थबाङ विप्लव माओवादीको पकड मानिन्छ । संयोजक रोकामगरले भने, ‘विगतदेखि नै थबाङीले गरेको योगदानको अवमूल्यान नगरियोस् । हामीलाई प्रचण्डले भनेको जस्तो मगरात प्रदेशको राजधानी त भएन नै गाउँपालिकाको केन्द्र किन नहुने ? गाउँपालिकाको केन्द्र कायम गरिदैन भने थबाङ रोल्पाबाट छुटिन्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.