भारतीय राष्ट्रपति मुखर्जीले गरे गोर्खा सैनिकको प्रशंसा

भारतीय राष्ट्रपति मुखर्जीले गरे गोर्खा सैनिकको प्रशंसा

पोखराः भारतका राष्ट्रपति प्रणव मुखर्जीले भारतीय सेनाका लागि जीवन पर्यन्त सेवा सुविधा उपलब्ध गराउन भारत सरकार प्रतिबद्ध रहेको बताएका छन्। पेन्सन वितरण कार्यालय रामबजार पोखरामा भेला भएका झन्डै दसौं हजार भारतीय भूतपूर्व सैनिक र तिनका परिवारलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति मुखर्जीले भारतीय सीमा रक्षाका लागि गोर्खा सैनिकले बहादुरी र निष्ठापूर्वक लडेको भन्दै प्रशंसा गरे।

‘गोर्खा सैनिकले असाधारण वीरता देखाउँदै भारतको सेवा गरेका छन्’, उनले भने। सुरक्षा र विकासमा भारतीय गोर्खा सैनिकले महत्वपूर्ण भूमिका खेलेको भन्दै मुखर्जीले भूपू गोर्खा सैनिकका लागि विभिन्न कल्याणकारी योजना भारत सकारले ल्याउन लागेको बताए। उनले विभिन्न कल्याण योजनाका लागि साढे ६ अर्ब नेपाली रुपैयाँ वितरण गरिएको जानकारी पनि दिए।

गत वर्षको विनाशकारी भूकम्पले क्षति पु¥याएको ठाउँमा नेपाल सरकारसँग मिलेर भूकम्प पीडित ६ हजार ८ सय भूपू सैनिकलाई सहयोग गरेको उनले बताए। भूपू गोर्खा सैनिकको स्वास्थ्य सेवाका लागि पनि भारत सरकारले सहयोग गरिरहेको आगामी दिनमा पनि गर्ने जनाए। भूपू भारतीय गोर्खा सैनिकको बालबालिका लागि छात्रवृत्ति प्रदान गर्दै आएको र त्यसलाई बढाउने आश्वासन उनले दिए।

प्राचीन समयदेखि नै सांस्कृतिक र भौगोलिक हिसाबले सुमधुर सम्बन्ध रहेका भारत र नेपालबीचको मितेरी मजबुत बनाउने बलियो आधारस्तम्भ गोर्खा सैनिक बनेको पनि राष्ट्रपति मुखर्जीले बताए। उनले त्यस अवसरमा ३२ हजार नेपाली अहिले भारतीय सेनामा कार्यरत रहेको र १ लाख २६ हजार पूर्व गोर्खा सैनिक रहेको स्मरण गरे। ‘विकास र शान्तिका लागि अगाडि बढेको नेपालाई भारतले सधै सहयोग गर्छ’, उनले भने ।

जनकपुरबाट सिधै पोखरा पुगेका मुखर्जीलाई विमानस्थलमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्वागत गरेका थिए। उनको साथमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालसहित यहाँका उच्च सरकारी अधिकारी सहभागी थिए ।

पोखरा भ्रमण गर्ने मुखर्जी भिन्न मुलुकका तेस्रो राष्ट्रप्रमुख र दोस्रो भारतीय राष्ट्रपति हुन्। यसअघि सन् १९६३ मा भारतकै दोस्रा राष्ट्रपति शिवपल्ली राधाकृष्णनन्ले यहाँको अमरसिंह माध्यमिक विद्यालय भवन उद्घाटन गरेका थिए। त्यसअघि पोखरा भ्रमण गर्ने विदेशी राष्ट्र प्रमुख बेलायतकी महारानी एलिजाबेथ द्वितीया थिइन्। उनले सन् १९६१ को फेब्रुअरीमा पोखरा भ्रमण गरेकी थिइन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.