तराईमा सुरु भयो छठको रौनक

तराईमा सुरु भयो छठको रौनक

वीरगन्जः निष्ठा र कठोर ब्रत लिएर मनाइने हिन्दु धर्मावलम्बीहरुको साझा सांस्कृतीक प्रतिविम्बको चाड छठ पर्व शुक्रबारदेखि विधिवत सुरु भएको छ ।सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाडका रुपमा रहेको छठ पर्व शुक्रबार विधीवत सुरु भएको हो ।

कात्तिक शुक्ल पक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन अर्थात् शुक्रबारको दिनलाई नहाए खाए (नुहाउने खाने) दिन पनि भन्ने गरिन्छ ।

छठ पर्बको पहिलो दिन शुक्रबार छठका व्रतालुले खोला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भइ बिहान र बेलुकी लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खाएका छन् ।

छठको दोश्रो दिन शनिवार अर्थात् पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ । खरनाका दिन व्रतालु दिनभरि निर्जला व्रत बस्छन् र साँझपख नुहाएर चोखो हुँदै आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुलो बनाएर त्यसैमा चामल र भेली र सख्खरको खीर (रसीआव) तथा गहँुको रोटी प्रसादका रुपमा पकाउँछन् ।

उक्त प्रसाद अर्थात् रसीआव रोटी चन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि ब्रतालु उक्त प्रसाद ग्रहण गरेर निर्जला ब्रत बस्छन् ।

छठको तेश्रो दिन अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ । त्यस दिन ब्रतालु मलिाले नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सुर्यलाई र दोस्रोदिन सप्तमीमा बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा सकिन्छ ।

छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिने गरिन्छ । अर्घ दिनका लागि ब्रतालुले गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गर्छन् । यस्तै मुला, गाजर, बेसारको हरियो बोट, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उँखु , बोडीलगायतका फलफूल पनि सूर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ ।
अत्यन्त कठिन र निष्ठापूर्वक मनाइने छठ पर्वमा सन्तान र परिवारको सुख शान्ति तथा रक्षाको कामना गर्दै छठी माता र सूर्य भवानको पूजा गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने पनि धार्मीक जनविश्वास रही आएको छ ।

तराईमा छठ पूजाको तयारी तिब्र
पर्सा, बारालगायत तराईका जिल्लामा छठ पूजाको तयारी भइराखेको छ । कात्तिक २१ गते आइतबार परेको छठ पूजाका लागि मध्यतराईका जिल्लामा छठी घाटमा सरसफाई, सजावट र व्यवस्थापनका काम तिब्र बनाइएकोछ । वीरगन्जको घडीअर्वा पोखरी, स्वीमीङ पुल परिसर, रानीघाट, छपकैया, नगवा, मुर्ली, पिपरा गरि दुई दर्जन स्थानमा छठघाट बनाइएको छ ।

यस्तै पर्साको ग्रामीण क्षेत्रका रामगढवा, पोखरीया, बहुअरी, भिस्वा, लंगडी, सेढवा, धोरे, विन्दवासीनी लगायतका गाँउमा रहेका पोखरी, तलाउ र नदी छेउमा पनि छठघाटको सजावटको काम भइरहेको छ ।
मुलुकमै छठपूजाका लागि ख्याती कमाएको वीरगन्जको घडीअर्वा पोखरी परिसरमा छठघाट सजाउने काम विशेष रुपमा भइरहेको छ।

घडीअर्वा पोखरी छठघाटमा पन्डाल, बिजुलबत्ती र फूलको सजावटमा मात्रै यसपाली ११ लाख ५० हजार रुपैयाँ खर्च गरिएको घडीअर्वा छठपूजा व्यवस्थापन समितिका सचिव मनोहर साहले बताए । विगतका वर्षहरु भन्दा यसपाली अझ व्यवस्थित र सुन्दरतका साथ छठघाटलाई सजाउने काम भइरहेको सचिव साहले बताए ।

घडीअर्वा छठघाटामा आइतबार साँझ र सोमबार बिहान गरि करिब दुई लाख ५० हजार भक्तजन र दर्शनार्थी आउने अनुमान गरिएको समितिका अध्यक्ष बाल्मिकी साहले बताए । छठका ब्रतालु मात्रै चार हजार दुई सय जति यहा आएर छठी माता र सूर्य भगवानको पूजाअर्चना गर्छन’्, उनले भने,‘त्यस्तै यो छठघाटको मनमोहक सजावट र छठमाताको दर्शन गर्न अढाई लाख भक्तजन र दर्शनाथी आउने गर्छन् ।

छठपूजाका दिन घडीअर्वा छठघाटमा आउने भक्तजन र दर्शनार्थीको सुरक्षाका लागि नेपाल प्रहरी एक सय १५, सशस्त्र प्रहरी ७५ र घडीअर्वा स्पोटर्स क्लबका ८० जना स्वयंसेवक परिचालन गर्ने गरि योजना बनाइएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । घडीअर्वा छठको चार वटै प्रवेशद्वारमा गरि आठ वटा सिसिटिभी क्यामेरा जडान गरिने उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.