मुखर्जीको विरोधमा कालो झण्डा बाँधेर बेलुन उडाउने विप्लव कार्यकर्ता पक्राउ

मुखर्जीको विरोधमा कालो झण्डा बाँधेर बेलुन उडाउने विप्लव कार्यकर्ता पक्राउ

पोखराः भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणको विरोधमा कालो झन्डा राखेर बेलुन उडाएका विप्लव नेतृत्वको माओवादीका चार कार्यकर्तालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

मुखर्जी जनकपुरबाट पोखराका लागि जहाजमा उडेको सूचनाका आधारमा विप्लव माओवादीका कार्यकर्ताले पोखरा विमानस्थलदेखि केही दक्षिणको इलाकाबाट कालोझन्डासहित बेलुन उडाएका थिए ।

बेलुनमा कालो झन्डा बाँधेर उडाएको आरोपमा प्रहरीले नन्दलाल तिवारी, भीम चापागाईं, टीकाराम घिमिरे र बन्बहादुर हिताङ मगर पक्राउ गरेको थियो । प्रहरीले भारतीय राष्ट्रपति पोखरामा रहदासम्म नियन्त्रणमा लिएर उनीहरुलाई रिहा गरेको छ ।

मुखर्जी पोखराबाट उडेपछि विप्लव कार्यकर्तालाई छाडिएको कास्की प्रहरीका डिएसपी गजुसिद्धि बज्राचार्यले अन्नपूर्णलाई जानकारी दिए ।

मुखर्जी पोखरा विमानस्थलमा अवतरण हुनुभन्दा एक घन्टाअघि नै उनीहरुले कालो झन्डा उडाएका थिए । एक दर्जन जति बेलुन उडाएका उनीहरुलाई केहीबेरमै प्रहरीले पक्रेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.