लोकतन्त्र लक्जरी होइनः देउवा

लोकतन्त्र लक्जरी होइनः देउवा

नयाँदिल्ली: कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रले नै मुलुकको समावेशी विकासलाई सुनिश्चित गर्ने बताएका छन् ।

इन्डिया फाउन्डेसनले भारतको गोवामा आयोजना गरेको तीनदिने इन्डिया आइडियाज कन्क्लेभ कार्यक्रम उद्घाटन सत्रमा मुख्यवक्ताका रूपमा बोल्दै देउवाले लोकतान्त्रिक प्रणालीले मात्र फरक विचार बोकेका वर्गलाई समेटेर सकारात्मक तथा रचनात्मक ढंगबाट अगाडि लैजाने बताए । लोकतन्त्र 'लक्जरी' नभएको धारणा राख्दै उनले लोकतान्त्रिक प्रणालीविनाको प्रगति र विकास काल्पनिक हुने बताए । मन्तव्यकै क्रममा उनले असहमति व्यक्त गर्न नसकिने व्यवस्थाले मुलुकलाई पतनतर्फ धकेल्ने धारणा राखे ।

'डेमोक्रेसी, डेभलपमेन्ट एन्ड डिसेन्ट थिम' मा आयोजना गरिएको इन्डिया ७० कन्क्लेभमा सभापति देउवाले मन्तव्यको आरम्भमा नेपाल-भारतबीच सम्बन्धको आधार बलियो रहेको बताउँदै धार्मिक, सांस्कृतिक, भाषिक समानताको कारण समस्यामा पनि समानता रहेको बताएका थिए । उनले लोकतान्त्रिक मूल्यमान्यतामा दुई देशको चुनौती पनि साझा भएको तर्फ ध्यानाकर्षण गराएका थिए ।

भारतीय रेलमन्त्री तथा फाउन्डेसनका बोर्ड अफ डाइरेक्टर सुरेश प्रभुको अध्यक्षतामा भएको उद्घाटन सत्रमा देउवाअघि चिन्मय मिसनका ग्लोबल हेड स्वामी तेजोमयानन्द, भारतीय केन्द्रीय रक्षामन्त्री मनोहर पारिकर, भारतीय जनता पार्टीका अध्यक्ष अमित साहलगायतले मन्तव्य राखेका थिए । निर्वासित तिब्बत सरकारका प्रधानमन्त्री लोब्साङ साङेले शनिबार बोल्ने कार्यक्रम छ । कार्यक्रममा दलाई लामाले भिडियोमार्फत आफ्नो सन्देश सुनाएका थिए ।

कार्यक्रममा सहभागी हुन शुक्रबार भारत आएका सभापति देउवा शनिबार गोवामै सहभागी राजनीतिक व्यक्तिसँगको भेटघाट सकेर साँझ दिल्ली फर्किने कार्यक्रम छ । उनले आइतबार जवाहरलाल नेहरू विश्वविद्यालयमा आयोजना हुने डेमोक्रेसी एन्ड प्रोग्रेस इन एसियन सेन्चुरी कार्यक्रमलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । विश्वविद्यालयले देउवालाई मानार्थ विद्यावारिधि उपाधिबाट सम्मानित गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यसैगरी सभापति देउवाले आइतबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.