अलकायदाका शक्तिशाली नेता मारिएको दाबी
एजेन्सीः अमेरिकाले अलकायदाका शक्तिशाली नेता फारुक अल कतानी मारिएको दाबी गरेको छ । कतानीलाई अफगानिस्तानको कुनार प्रान्तमा भएको भिडन्तमा मारिएको अमेरिकाले दाबी गरेको छ । कतानी पूर्वअफगानिस्तानको ठूला बिद्रोही नेताका रुपमा परिचित थिए ।
अक्टोवरमा भएको हमलामा अलकायदाका अर्का नेता बिलाल अल उतबीलाई पनि निशाना बनाइएको उल्लेख छ । उनको बारेमा भने अहिले कुनै जानकारी प्राप्त नभएको बीबीसीले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार अलकायदाका बफादार लडाकुले अफागानिस्तान खडा गरेको आधारभूमिमा तालिवानले सहायक भूमिकामा सहभगी छन् ।
सार्वजनिक प्रतिवेदनमा अफगानिस्तानमा इस्लामिक स्टेट आइएसको उपस्थिति भने कमजोर हुँदै गएको उल्लेख छ ।