म्याग्दीमा ६ स्थानीय तह बनाउन प्रस्ताव

म्याग्दीमा ६ स्थानीय तह बनाउन प्रस्ताव

बेनी: म्याग्दीमा ६ वटा स्थानीय तहको प्रस्ताव गरिएको छ। स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले एक नगरपालिका र ५ गाउँपालिका रहने गरी ६ वटा स्थानीय तहको टुंगो लगाएको हो।

शुक्रबार गलेश्वरमा सम्पन्न सर्वदलीय बैठकले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले जिल्लामा न्यूनतम ३ र अधिकतम ६ स्थानीय तह बनाउने गरी निर्धारण गरेको नयाँ मापदण्ड अनुसार उक्त खाका तयार पारिएको स्थानीय विकास अधिकारी एवम् स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक चिरञ्जीवी पौडेलले जानकारी दिए।

‘सदरमुकाम भन्दा बाहिर घनिभूत छलफल गरेर हामीले यो सहमति गरेका छाैं। सहमति भएका उक्त प्रस्तावलाई आयोगमा पठाउने छाैं,' उनले भने। शुक्रबार विहान १० बजेदेखि ६ बजेसम्म गोप्य रुपमा गरिएको उक्त बैठकले विभिन्न विकल्पहरुमा गम्भिर छलफल गरी सहमतिमा जिल्लाको स्थानीय तहको सीमा र संख्याको टुंगो लगाएको स्थानीय विकास अधिकारी पौडेलले जानकारी दिए। बैठकले हालको बेनी नगरपालिकामा पात्लेखेत र भकिम्ली गाविसलाई समावेश गर्ने निर्णय गरेको छ।

प्रस्तावित अन्नपूर्ण गाउँपालिकामा दोबा, भुरुङतातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तान र राम्चे गाविसलाई समावेश गरिएको छ भने उक्त गाउँपालिकाको केन्द्र पोखरेबगरलाई तोकिएको छ। रघुगंगा गाउँपालिकामा बेगखोला, राखुभगवती, पिप्ले, दग्नाम, चिमखोला, कुइनेमंगले, पाखापानी र झिँ गाविसलाई समाबेश गरिएको छ भने केन्द्र मौवाफाँट र पाखापानी मध्ये एक रहने भनिएको छ। प्रस्तावित मंगला गाउँपालिकामा बरंजा, अर्मन, कुहुँ र बावियाचौरलाई समाबेश गरिएको छ भने गाउँपालिका केन्द्र बावियाचौरलाई तोकिएको छ। दरबाङबजारलाई गाउँपालिका केन्द्र बनाउने गरी मालिका गाउँपालिकामा दरबाङ, निस्कोट, ओखरवोट, देविस्थान र बिम गाविसलाई समावेश गरिएको छ ।

धौलागिरी गाउँपालिकामा ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कबाङ गाविसलाई समाबेश गरिएको छ भने गाउँपालिका केन्द्र ताकम र मुना मध्ये एक रहने भनिएको छ। ‘आयोगको नयाँ मापदण्डमै रहेर दलहरु र प्राविधिक समितिबीच गम्भिर छलफल भयो। भौगोलिक बनावट र प्रशासनिक सुगमतालाई ध्यानमा राखेर स्थानीय तहको निर्धारण गर्न सफल भयौं’, बैठकमा सहभागी एमालेका सचिब बालकृष्ण सुवेदीले भने।

बैठकमा जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने साँसदहरु नवराज शर्मा, नरदेवी प’न र रेशमबहादुर बानियाँको उपस्थितिमा काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, राप्रपा नेपाल, जनमोर्चा, नयाँ शक्ति पार्टी र अखण्ड नेपाल पार्टीका जिल्ला अध्यक्ष लगायतका नेताहरुको सहभागिता थियो । राप्रपाले रघुँगगा गाउँपालिकाको केन्द्र पाखापानीलाई तोकिनुपर्ने भन्दै सहमति पत्रमा भने हस्ताक्षर नगरेको प्राविधिक सहयोग समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.