बारामा कपास उद्योगमा आगलागी, २५ लाख बढिको क्षति

बारामा कपास उद्योगमा आगलागी, २५ लाख बढिको क्षति

कलैयाः बाराको कलैया नगरपालिका–६ मा रहेको कपास उद्योगमा भीषण आगलागी भएको छ।

जय श्री माँ ह्याण्डी क्रयाफ्ट कपास उद्योगमा शनिवार विहान पौने २ बजेतिर विद्युतको तार सर्ट भएर आगलागी भएको हो। आगलागीबाट २५ लाख रुपैयाँ मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीबाट उद्योगको कपास, मेसिन र घर जलेर नष्ट भएको छ। कलैया नगरपालिका र वीरगन्ज उपमहानगरपालिका कार्यालयको गरी दुईवटा बारुण यन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले साढे ६ घण्टापछि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.