प्रधानमन्त्रीले बोलेका कुरा केही पूरा गरेनन्ः रावल

प्रधानमन्त्रीले बोलेका कुरा केही पूरा गरेनन्ः रावल

काठमाडौंः नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने राजकीय नेपाल भ्रमण सकारात्मक भएको स्पष्ट पारेका छन्।

रावलले राजनीतिक दृष्टिकोणमा शीर्ष तहको भ्रमणको आदान–प्रदान हुनु एकदमै सकारात्मक भएको टिप्पणी गरे। उनले भने,‘यो भ्रमणले द्धिपक्षीय पारस्परिक सम्बन्धलाई थप उचाईमा पुर्याउन मद्दत पुगेको छ।’

रावलले कुटनीतिक रुपमा राष्ट्रपति मुखर्जीको भ्रमणमा नेपाल सरकारले राष्ट्रिय दिवस जस्तो गरि सार्वजनिक विदा दिएर पहिलेकै चलन दोहोर्याएको गुनासो पोखे। उनले भने,‘यस्तै गर्ने हो भने देश फेरि सामन्ती बाटोमा जाने हो कि भन्ने चिन्ता देखियो।’

उपाध्यक्ष रावलले छिमेकी राष्ट्रको नेपालप्रतिको सद्भावलाई आफूहरुले सकारात्मक रुपमा लिएको स्पष्ट पारे। यद्यपि उनले राष्ट्रपति मुखर्जीको भ्रमणको बेला उपत्यकामा एम्बुलेन्स समेत चल्न नदिएर नागरिकलाई सास्ती दिने कामप्रति कडा आलोचना गरे। रावलले थपे,‘यस्तो पाराले देशलाई बलियो बनाउँदैन, यो त चाकडी हो।’

उनले संविधान संशोधनको हल्ला फैलाएर सरकारले नौटंकी देखाएको समेत आरोप लगाए। उनले भने,‘यो सरकारले कुन–कुन बुँदामा संविधान संशोधन गर्न चाहेको छ, संविधानको कुन कुन धारामा कुन कुन वर्ग वा जातिलाई के के विभेद गरिएको छ, त्यो त अहिलेसम्म भन्न सकेको छैन?’ उनले सरकारले संविधान संशोधनबारे अमूर्त हल्ला फैलाएकोमा तिव्र आलोचना गरे। रावलले संविधान संशोधनबारे सत्तारुढ दलहरुले अहिलेसम्म पनि आफ्नो दलसँग कुनै छलफल तथा परामर्श नै नगरेको दाबी गरे ।

तीन वटै निकायको निवार्चन समयमै हुुनुपर्छ भन्नेमा आफ्नो पार्टी गम्भिर रहेको उल्लेख गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले चुनावको कार्यतालिका समेत प्रस्तुत गरेको भएपनि यो सरकारले त्यसलाई गायब बनाएको आरोप लगाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको तीन महिने कार्यकालबारे टिप्पणी गर्दै उनले भने,‘प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्दा जारी गरेको संयुक्त विज्ञप्ती हामीले हेरिसकेका छौं, त्यो वक्तव्यमा उल्लेख भएका कतिपय बुँदाहरु नेपालको संविधान विपरित छन् ।’

रावलले भने,‘प्रधानन्त्रीले भारतसँग थप ऋण लिएर भएपनि १ लाख थप गरेर भुकम्पपीडितलाई दिने भन्नुभयो, तर अहिलेसम्म दिनुभएको छैन, बोलेरमात्रै हुँदैन नि?’ उनले प्रधानमन्त्री दाहालले ठूला–ठूला परियोजना निर्माण गर्ने, बजार भाउ नियन्त्रण गर्ने, शान्ति र सूरक्षा कायम गर्ने कुरा गरेपनि यो तीन महिनामा केहीपनि गर्न नसकेको आरोप लगाए।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले पनि भारतीय राष्ट्रपति मुखर्जीको तीन दिने नेपाल भ्रमण पूर्ण रुपमा सफल भएको दाबी गरे। खनालले भने,‘उहाँको भ्रमणले नेपाल–भारत सम्बन्धमा देखिएका पछिल्ला सबै खाले तित्तताहरु हटेका छन्, उहाँको सद्भावपूर्ण भ्रमण भएकोले यो भ्रमण एकदमै सफल भयो ।’

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा सांसद मीन विश्वकर्माले पनि भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धमा देखा परेका चिसोपनाहरु हटेको दाबी गरे। उनले भने,‘महामहिम राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध थप मजुबदु बनेको छ ।’
मुखर्जीको नेपाल भ्रमणमा उपत्यकाको यातायातदेखि अन्य व्यवस्थामा सरकारको कमजोरी रहेको विश्वकर्माले आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.