परदेशी नेपालीको तिहार बल्ल सकियो
युएईः हिन्दूहरुको विशेष पर्व तिहार विभिन्न देशमा रहेका नेपालीले मनाएका छन् । तिहारकै दिन तिहार पर्व मनाउन नपाए पनि नेपालीले समय मिलाएर मनाएका छन् ।
युएईमा रहेका नेपालीले भने नेपालमा कात्तिक १६ गते मनाइएको तिहार कात्तिक १९ गते मनाएका छन् । झापाली समाज युएई सारजा र अल्एनको संयुक्त आयोजनामा तिहार मनाएका हुन् ।
तिहारको अवसरमा आयोजित कार्यक्रममा शुक्रबारको बिदामा उपस्थित भएका दुई सय नेपालीले संयुक्त रुपमा शुभकामना आदानप्रदान गरेर तिहार मनाएको युएईबाट जगत लुइटेलले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
तिहार विशेष कार्यक्रमम अलएनको ग्रीनलाइन रिसोर्टमा सम्पन्न भएको हो ।