नेपालका क्यासिनोमा धमाधम विदेशी लगानी भित्रिँदै

नेपालका क्यासिनोमा धमाधम विदेशी लगानी भित्रिँदै

काठमाडौं: नेपालका पाँच तारे होटेल परिसरमा खुलेका क्यासिनोमा धमाधम विदेशी लगानी भित्रन थालेको छ । सरकारले २०७० मा ल्याएको क्यासिनो नियमावलीको पालना गर्दैनौ भनेर नेपाली लगानीकर्ता पछाडि हटेका कारण विदेशी लगानीकर्ता अकर्षित हुन थालेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालले नेपालमा पछिल्लो समय धमाधम विदेशी लगानीकर्ता आउन थालेको जानकारी दिए । सांग्रिला होटेलमा क्यासिनो मिलेनियर्स क्लबबाट सुरु भएको विदेशी लगानीकर्ता पछिल्लो समय सोल्टी होटेलमा माजोङ, हायात रिजेन्सीमा प्राइड सञ्चालमा रहेको छ भने अन्नपूर्ण होटेलमा क्यासिनो इम्पेरियलले आवश्यक तयारी गरिरहेको छ । नेपालमा आएका विदेशी क्यासिनोको लगानीमा सांग्रिला होटेलमा रहेको क्यासिनोको लगानी हङ्कङ्को हो भने बाँकी तीनवटामा भारतीय लगानीकर्ता भित्रिएको पनि विभागको भनाइ छ ।

पर्यटन विभागबाट पूर्वस्वीकृति लिएर क्यासिनो सञ्चालनको पूर्वाधार बनाउन थालेको अन्नपूर्ण होटेलको क्यासिनो इम्पेरियलमा ९० प्रतिशत भारतीय लगानी रहने उल्लेख छ । नेपाली लगानीकर्ता धिरेन मोक्तानले भित्र्याएको भारतीय लगानीको यो क्यासिनोले आवश्यक पूर्वाधार तयार पारिरहेको अन्तिम स्वीकृतिका लागि पर्यटन विभागमा आउने तयारीमा रहेको पनि ढकालले बताए ।

नेपाल सरकारले क्यासिनो नियमावली ल्याएपछि त्यसलाई मान्दैनौ भनेर नेपाली लगानीकर्ता पछि हटेको र नेपालका क्यासिनो बन्द भएको दुई वर्षसम्म पनि क्यासिनो सञ्चालन हुन नसकेपछि नेपाली एजेन्टले नै विदेशी लगानीकर्ता भित्र्याउन थालेको पनि विभागको भनाइ छ । नेपाली लगानीकर्ताले सरकारले तोकेको मापदण्डमा क्यासिनो सञ्चालन गर्न तयार नभए पनि विदेशी लगानीकर्ता आएको विभागले जानकारी दिएको छ ।

क्यासिनो संघ नेपालले भने नेपालमा विदेशी लगानी प्रोत्साहित गर्न नहुने र नेपाली लगानीकर्ताको बहुमत सेयर रहने गरी क्यासिनो सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । क्यासिनो संघ नेपालले नेपाली लगानीकर्ताको ५१ प्रतिशत र विदेशी लगानीकर्ताको ४९ प्रतिशतसम्म मात्रै लगानी हुने गरे क्यासिनो नियमावली संशोधन गर्न पटकपटक माग गरेको पनि पर्यटन मन्त्रालयको भनाइ छ ।

क्यासिनो व्यवसायी संघ र सम्बन्धित सरोकारवालसँगको एक चरणको छलफल सम्पन्न भैसकेकाले सरकारले क्यासिनोमा विदेशीले लगानीको प्रतिशत तोक्ने विषयमा छलफल गरिरहेको ढकालको भनाइ छ । क्यासिनो व्यवसायीले मिनी क्यासिनो एक ठाउँभन्दा बढीमा खोल्न नपाउने, १५ करोड रुपैयाँको चुक्ता पुँजी अधिक भएको विषयमा पनि छलफल भइरहेको छ । सरकारले उपयुक्त ढंगबाट निर्णय गरेर नियमावली संशोधन गर्ने जानकारी पनि ढकालले दिए ।

नेपाली लगानीकर्ताले सरकारलाई तिर्नुपर्ने रोयल्टी नै नतिरेपछि सरकारले कानुन कसेरै २०७१ को वैशाखबाट नेपालका क्यासिनो बन्द गराएको थियो । सरकारी मापदण्ड पूरा गरेर विदेशी लगानीकर्ता आउन थालेपछि भने नेपालको क्यासिनो पर्यटन पुनः सुचारु हुन थालेको पनि विभागको भनाइ छ । नेपाली लगानीकर्ताको तीनवटा क्यासिनो भने अदातलको आदेशले सञ्चालन भइरहेको छ ।

राजधानी आठवटा पाँचतारे होटेलमध्ये चारवटामा विदेशी लगानीको क्यासिनो छन् । होटेल याक एन्ड यती, र्‌याडिसन र मल्लमा नेपाली लगानीकर्ताले अदालतको आदेशबाट पुरानै नियममा क्यासिनो चलाइरहेका छन् । एउटा पाँचतारे होटेल एभरेस्ट भने भूकम्पपछि पूर्णरूपमा बन्द छ ।

सरकाले विदेशीलाई प्राथमिकता राखेर ल्याएको क्यासिनो नियमावलीले नेपाली लगानीकर्तालाई अप्ठ्यारोमा पारेको क्यासिनो संघ नेपालको भनाइ छ । संघका अनुसार विदेशीले सञ्चालन गरेका क्यासिनोले नेपालीलाई लाभ नहुने र विदेशी मुद्रा बाहिर जान्छ । नेपालमा सञ्चालन हुने व्यवसायमा नेपालीकै बहुमत हुने गरी क्यासिनो नियमावली संशोधन गर्न व्यवासायीले भाग गरेका छन् । हालका पर्यटन मन्त्री जीवनबहादुर शाही पनि नेपाली व्यवसायलाई टिकाउने र नेपाली व्यवसायीलाई नै प्रोत्साहन गर्ने गरी क्यासिनो नियमावली संशोधन गर्ने पक्षमा रहेको पर्यटन मन्त्रालय स्रोतको भनाइ छ ।


सरकारले २०७० मा ल्याएको क्यासिनो नियमावलीको पालना गर्दैनौ भनेर नेपाली लगानीकर्ता पछाडि हटेका कारण विदेशी लगानीकर्ता अकर्षित हुन थालेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.