बागमतीबाट २२ मेगावाट विद्युत् उत्पादन हुँदै

बागमतीबाट २२ मेगावाट विद्युत् उत्पादन हुँदै

इपापन्चकन्या (मकवानपुर): काठमाडौंबाट बग्ने बागमतीको पानीबाट २२ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । माण्डु हाईड्रो कम्पनीले इपापन्चकन्या-९ मा वि.सं २०७५ सालभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

बागमती साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्न चार अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको निर्माण कम्पनी माण्डु हाईड्रोका प्रतिनिधि इन्जिनियर रन्तभोम्जन लामाले जानकारी दिए । २०७२ जेठबाट निर्माण थालेको कम्पनीले हालसम्म १५ प्रतिशत निर्माणको काम सकिएको जनाएको छ । '२४ सय मिटरमध्ये सातसय ५० मिटर सुरुङ खन्ने काम सकिएको छ',लामाले भने, '५५ मिटर लामो ड्याम निर्माणको काम पनि सुरु भएको छ ।'

बागमतीको पानी इपापन्चकन्या-९ दोभानमा ड्याम बनाइ छेकेर सुरुङमार्फत बगरबेसीमा विद्युत् उत्पादन गरिने उनले बताए । ड्याम र पावर हाउसबीचको दूरी साढे दुई किमि रहनेछ ।

आयोजनाको सुरुङ, पावर हाउस र ड्याम निर्माणको काम साउथ एसियन इस्फास्ट्रक्चर प्रालिले गरिरहेको छ । 'अबको तीन वर्षभित्र सबै निर्माण कार्य सम्पन्न गर्न हामी दिनरात काम गरिरहेका छौं',निर्माण कम्पनीका प्रतिनिधि कुन्दन कार्कीले भने, 'नाकाबन्दी र भूकम्पका कारण केही समय काम प्रभावित भएकाले निर्माण सम्पन्न हुन थप केही समय लाग्न पनि सक्छ ।' दैनिक दुई सय मजदुरले सुरुङ निर्माणको काम गरिरहेको उनले बताए ।

बागमती साना जलविद्युत् आयोजनाको विद्युत् कुलेखानी पावर हाउसमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कम्पनीले जनाएको छ ।

मकवानपुरको बिकट इपापन्चकन्या गाविसमा विद्युत् आयोजना निर्माण सुरु भएपछि यहाँका स्थानीय उत्साहित छन् । कम्पनीले आयोजना प्रभावित मकवानपुरको इपापन्चकन्या, सिस्नेरी, कोगटे र ललितपुरको माल्टा र घुसेलका स्थानीयलाई सेयर वितरण गर्ने जनाएको छ ।

'विद्युत् आयोजना निर्माणले यस क्षेत्रका स्थानीयको आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरेका छौं', आयोजना सरोकार समितिका संयोजक हिदम लामाले भने, 'यस क्षेत्रको भविष्यसँग जोडिएकोले आयोजना निर्माणमा हामीले सक्दो सहयोग गरिरहेका छौं ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.