बसमा भेटिएको पैसा प्रहरीले मानिस खोजेर जिम्मा लगायो

 बसमा भेटिएको पैसा प्रहरीले मानिस खोजेर जिम्मा लगायो

चन्द्रपुरः यात्राका क्रममा बसमा छुटेको झन्डै ८० हजार रुपैयाँ प्रहरीले सम्वन्धित व्यक्तिलाई खोजेर जिम्मा लगाएको छ।कात्तिक १२ गते चितवनबाट उदयपुर जाँदै गरेको बसमा यात्रा गरेका उदयपुर तवाची–९ का ३१ वर्षीय भक्तबहादुर राईले झोला छाडेका थिए।

पूर्वपश्चिम राजमार्गस्थित रौतहटको लमाहा जंगलमा गाडी रोकेको बेलामा पैसासहितको झोला छाडेर हिडेका राईलाई झोलामा रहेको नागरिकताका आधारमा प्रहरीले खोजी गरेको थियो। झोला छाडेका राईलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका डिएसपी यादव ढकालले झोलाभित्र रहेको ४९ हजार सातसय भारतीय रुपैयाँ जिम्मा लगाए।

बसका चालक र यात्रुहरुसंग सामान्य विवाद भएपछि उनी झोला छाडेर हिडेको र उनको नागरिकताको ठेगानाका आधारमा पत्ता लगाएर पैसा जिम्मा लगाइएको डिएसपी ढकालले बताए। भारतको हिमाञ्चल प्रदेशमा क्रसर उद्योगमा मजदुरी गर्ने राई तिहार मनाउन घर जाँदै थिए। राईले बसमा झोला छोडेर गएपछि बसका चालकले सो झोला प्रहरीलाई बुझाएका थिए।

क्रसर उद्योगमा दुःख गरेर कमाएको पैसा हराएपछि निकै चिन्तामा परेका राई चार दिनपछि रौतहटबाट उदयपुरस्थित घर पुगेका थिए।बसबाट राति झरेकाले कुन ठाउँमा आफू उत्रिए भन्ने थाहा नपाएको र बसको नम्वर याद नहुँदा पैसा राखेको झोला हरायो भन्दै चिन्तित भएको चन्द्रनिगाहपुरमा पैसा लिन आएका राईले बताए।

लेखपढ गर्न नजान्ने राई झोला छुटेपछि कहिकतै खवर नगरी घर गएका थिए। क्रसर उद्योगमा पसिना बगाएर कमाएको झन्डै ८० हजार रुपैयाँ प्रहरीले फेला पारेर दिएकोमा खुशी हुँदै राईले प्रहरीलाई धन्यवाद दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.