स्याल आतंकले स्थानीय त्रसित: साँझ परेपछि घरबाहिर निस्कनै छोडे

स्याल आतंकले स्थानीय त्रसित: साँझ परेपछि घरबाहिर निस्कनै छोडे

गौरः स्यालले टोकेर रेविज लागेर दुईजनाको मृत्यु भएपछि रौतहटको महम्दपुर गाउँका स्थानीयबासी त्रसित भएका छन्। स्याल आतंकबाट त्रसित स्थानीयहरु साँझ परेपछि घर बाहिर निस्कन पनि छोडेका छन्।

रेविज लागेर शनिवार थप एकजना वृद्धको ज्यान गएको छ। गत कात्तिक ६ गते एक शिक्षकको पनि उपचारको क्रममा ज्यान गएको थियो। रेविज लागेर मानिसले ज्यान नै गुमाउन थालेपछि रौतहटको गरुडा नगरपालिकास्थित महम्दपुर गाउँका बासिन्दा साँझ परेपछि घर बाहिर निस्कन छाडेका हुन्। स्थानीय युवा अरुण यादवले भने,‘ स्याल आतंकका कारण गाउँलेहरु त्रसित छन्, साँझ परेपछि घर बाहिर कोही निस्कदैनन्।’

स्यालको टोकाइबाट उपचारका क्रममा ज्यान गुमाएकालाई सहिद घोषणा, क्षतिपूर्ति र घाइतेहरुको निशुल्क उपचारको माग गर्दै गत बिहीबार पीडितका आफन्त र स्थानीयबासीले गरुडा बजारमा प्रर्दशन समेत गरेका थिए। महम्दपुर गाउँका ५५ वर्षीय रामफल महतो र ३१ वर्षीय शिक्षक बसन्त यादवको उपचारका क्रममा काठमाडौंस्थित टेकु अस्पतालमा मृत्यु भएको हो।

पीडित पक्षले प्रदर्शन गरेपछि स्थानीय प्रशासनले थप १९ जना स्यालले टोकेका गम्भिर बिरामीहरुलाई थप उपचारका लागि बिहीबार राति काठमाडांैमा भर्ना गराएको छ।  गरुडा नगरपालिका महम्दपुर गाउँका २५ जनालाई स्यालले टोकेको थियो। स्यालले टाउँको र शरीरमा टोकेर चोट लागेका सत्य नारायण साह, रामप्रित राय यादव , सावित्री देवी, मोहनदास तत्मा, सागरवती देवी साह, गोविन्द राम महरा, सुन्दरपति देवी, जनक ललिता देवी, धनियाँ देवी, सत्रुधन साह, रितु साह, नितिश यादव, तेजीलाल यादव र रामबहादुर यादवलाई उपचारका काठमाडौंमा भर्ना गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.