सशस्त्र प्रहरी महानिरीक्षक राई इन्डोनेसिया प्रस्थान

सशस्त्र प्रहरी महानिरीक्षक राई इन्डोनेसिया प्रस्थान

काठमाडौंः सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई इन्डोनेसिया प्रस्थान गरेका छन्। बालीमा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ८५ औं महासभामा सहभागी हुन राई गएराति त्यसतर्फ प्रस्थान गरेका हुन्।

महानिरीक्षक राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा. कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा र जीतबहादुर पुनले विदाई गरेका थिए।

महानिरीक्षक राईसँगै सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरज श्रेष्ठ र सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र गुरागार्इँ समेत इन्डोनेसिया प्रस्थान गरेको सशस्त्र प्रहरी प्रवक्ता  नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए। 

इन्टरपोलको महासभा कात्तिक २२ देखि २५ गते सम्म चल्नेछ। महासभामा इन्टरपोलको सदस्य राष्ट्रका प्रहरी प्रमुखहरु सहभागी रहने छन्। इन्टरपोलमा हाल १९० राष्ट्र सदस्य छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.