‘अंगीकृत नागरिकतामा समझदारी भएको छैन’
काठमाडौं: अङ्गीकृत नागरिकताका विषयमा कुनै पनि समझदारी नभएको र बाहिर आएको प्रचार भ्रामक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले अङ्गीकृत नागरिकता र संविधानको मस्यौदा बाहिर आएको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारेका हुन्।
प्रधानमन्त्री दाहालले सो विषयमा राजनीतिक दलसँग गम्भीर रुपमा छलफल गरी छिट्टै सहमति कायम गर्ने समेत उनले जानकारी दिए।रासस