हराइरहेका डच पर्यटकको खोजीमा हेलिकप्टर परिचालन

हराइरहेका डच पर्यटकको खोजीमा हेलिकप्टर परिचालन

बाबियाचौर: धौलागिरि आधार शिविर क्षेत्रबाट हराएका एक पर्यटकको खोजीमा हेलिकप्टर परिचालन गरिएको छ।

म्याग्दीको मुदी गाविसमा पर्ने इटली क्याम्पबाट आधार शिविरतर्फ फर्कने क्रममा गत जेठमा हराएका नेदरल्यान्ड्सका ३५ वर्षीय क्रिस्टन विल्सनको खोजी गर्न अाइतबारदेखि हेलिकप्टर परिचालन गरिएको हो।

नेपाली र नेदरल्यान्ड्सका १० उद्धारकर्मीसहित तालिमप्राप्त दुई कुकुर बेपत्ताको खोजीमा हेलिकप्टरमार्फत गएको जिप्रकाका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताए।

विल्सन गत जेठ ४ गतेदेखि सम्पर्कविहीन छन्। उनको खोजीमा श्री एयरको एउटा हेलिकप्टर प्रयोग भएको बताइएको छ। भौगोलिक रुपमा विकट उक्त क्षेत्रमा पैदल हिँडेर पुग्न धेरै समय लाग्ने भएकाले हेलिकप्टर मार्फत सम्भावित क्षेत्रमा खोजी गरिएको हो। बर्खायाम र प्रतिकूल मौसमका कारण रोकिएको खोजी मौसम सफा भएपछि पुन सुरु गरिएको हो।

सम्पर्कविहीन भएकै दिन घरबाट फेसबुकमा आएको सन्देश हेरेका उनको खोजीका लागि सहयोग गरिदिन परिवारका सदस्यले सबैलाई आग्रह गरेका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.