देउवालाई जेएनयूको मानार्थ विद्यावारिधि

देउवालाई जेएनयूको मानार्थ विद्यावारिधि

नयाँदिल्ली: कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) ले मानार्थ विद्यावारिधिको उपाधिले सम्मानित गरेको छ ।

आइतबार विश्वविद्यालयको कन्भेन्सन हलमा आयोजित बाह्रौं नेहरू स्मृति व्याख्यान कार्यक्रमका बीच विश्वविद्यालयका उपकुलपति प्रा.जगदेश कुमारले देउवालाई उक्त उपाधिले सम्मानित गरे ।

यो उपाधिबाट सम्मानित हुने देउवा पहिलो नेपाली हुन् । यसअघि यस्तो सम्मान भारतीय पूर्वराष्ट्रपति एपीजे अब्दुल कलाम र राष्ट्रपति प्रणव मुखर्जीलाई पनि दिइएको थियो ।

कार्यक्रममा उपकुलपति जगदेश कुमारले नेपालको राजनीतिमा देउवाले खेलेको सशक्त भूमिकाको सम्मानस्वरूप मानार्थ विद्यावारिधि उपाधिले सम्मानित गरिएको बताए ।

पत्नी आरजू देउवाका साथ भारत भ्रमणमा रहेका देउवाको सम्मानमा आइतबार नेपालका लागि भारतीय राजदूत रन्जित रेले रात्रिभोज आयोजना गरेका थिए ।

गोवामा इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी भएर शनिबार दिल्ली आएका सभापति देउवाको सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेको नेपाली दूतावास स्रोतले जनाएको छ ।

भारतीय सुरक्षा सल्लाहकार अजित दोभालसँग सोमबार बिहान भेट गरेपछि मोदीसँगको भेटको समय तय हुने बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.