इब्राहिमोविचले गरे प्रिमियर लिग इतिहासको २५,००० औं गोल

इब्राहिमोविचले गरे प्रिमियर लिग इतिहासको २५,००० औं गोल

काठमाडौं: स्वीडिस् खेलाडी जाल्टन इब्राहिमोविच इंग्लिस प्रिमियर लिग फुटबल इतिहासको २५,००० औं गोल गर्ने भाग्यमानी खेलाडी भएका छन्।

गएराति भएको खेलमा स्वान्सी सिटीविरुद्ध म्यानचेस्टर युनाइटेडका इब्राहिमोविचले गरेको गोल प्रिमियर लिग फुटबल इतिहासको २५, ००० गोल हो। स्वान्सीविरुद्ध खेलको १५ औं मिनेटमा गोल गर्दै पाउल पोग्वा प्रिमियर लिग फुटबलको २५,००० औं गोल नजिक पुगेका थिए।

तर, २५, ००० औं प्रिमियर लिग फुटबलको गोल गर्ने भाग्यमानी खेलाडी इब्राहिमोविच भए। उनले खेलको २१ औं मिनेटमा स्वान्सी सिटीविरुद्ध गरेको गोल नै प्रिमियर लिग फुटबल इतिहासको २५,००० औं गोल बन्यो।

प्रिमियर लिग फुटबल इतिहासको २५, ००० औं गोल गर्ने क्रममा इब्राहिमोविचलाई युनाइटेडका कप्तान वायन रुनीले पास मिलाइदिएका थिए।

इब्राहिमोविचले प्रिमियर लिग फुटबलमा १२ खेलमा ५ गोल गरेका छन्। इब्राहिमोविचले गत अगष्टमा म्यानचेस्टर सिटीविरुद्ध गोल गरे यता प्रिमियर लिग फुटबलमा स्वान्सी सिटीविरुद्ध पहिलो गोल गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.