अमेरिकामा कार दुर्घटना, चार नेपालीको मृत्यु
जर्जियाः अमेरिकाको जर्जिया राज्यमा भएको कार दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ। दुरइजना गम्भीर घाइते भएका छन्।
कार दुर्घटनामा परी गुल्मी घर भइ हाल काठमाडौं अनामनगरका चिरञ्जीवी खनाल, उनकी श्रीमती श्यामा खनाल, बुहारी ऋचा खनाल र प्रतिमा सुवेदीको मृत्यु भएको हो। सुवेदी खनालका कान्छा छोरा समिरकी प्रेमिका हुन्।
निसान अल्टिमा नामको कारमा सवार उनीहरु जर्जिया राज्यको एटलान्टाको ग्रामिण क्षेत्र जेफर्सन काउन्टीमा १८ चक्के मालबाहक ट्रकसँग गत शुक्रबार ठोक्किएको थियो ।
दुर्घटनामा ज्यान गुमाएकाको शव एटलान्टाको अपराध प्रयोगशालामा राखिएको छ।