साँझ परेपछि स्याल आतंक

साँझ परेपछि स्याल आतंक

गौर: स्यालले टोकेपछि रेबिज लागेर दुईजनाको मृत्यु भएपछि रौतहटको महम्दपुर गाउँका स्थानीय साँझ परेपछि घरबाहिर निस्कन छाडेका छन् । रेबिज लागेर शनिबार थप एकजना वृद्धको ज्यान गएको छ । कात्तिक ६ गते स्यालले टोकेर एक शिक्षकको उपचारको क्रममा ज्यान गएको थियो ।

रेबिज लागेर मानिस मर्न थालेपछि रौतहटको गरुडा नगरपालिकास्थित महम्दपुर गाउँका बासिन्दा साँझ परेपछि घरबाहिर निस्कन छाडेको स्थानीय अरुण यादवले बताए । उनले भने, 'गाउँलेहरू त्रसित छन्, साँझ परेपछि घरबाहिर कोही निस्कँदैनन् ।'

स्यालले टोकेर उपचारको क्रममा मृत्यु भएकालाई सहिद घोषणा, क्षतिपूर्ति र घाइतेहरूको उपचारको माग गर्दै गत बिहीबार पीडितका आफन्त र स्थानीयवासीले गरुडा बजारमा प्रदर्शनसमेत गरेका थिए ।

महम्दपुर गाउँका ५५ वर्षीय रामफल महतो र ३१ वर्षीय शिक्षक वसन्त यादवको रेबिज लागेर मृत्यु भएको हो । उनीहरूले काठमाडौंस्थित टेकु अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन लगाएको भए पनि रेबिज लागेर ज्यान गएको छ ।
पीडितले प्रदर्शन गरेपछि स्थानीय प्रशासनले १९ जना स्यालले टोकेका गम्भीर बिरामीलाई थप उपचारका लागि बिहीबार राति काठमाडौं पठाएको छ । गरुडा नगरपालिका महम्दपुर गाउँका २५ जनालाई स्यालले टोकेको थियो ।

स्यालले टाउको र शरीरमा टोकेर चोट लागेका सत्यनारायण साह, रामपृत राय यादव, सावित्री देवी, मोहनदास तत्मा, सागरवतीदेवी साह, गोविन्दराम महरा, सुन्दरपति देवी, जनकललिता देवी, धनियाँ देवी, सत्रुधन साह, रीतु साह, नितीश यादव, तेजीलाल यादव र रामबहादुर यादवलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

एन्टी रेबिज भ्याक्सिन लगाएको भए पनि दुईजना घाइतेको मृत्यु भएपछि उचित उपचार नपाएको र सरकारले उपचारमा ध्यान नदिएको भन्दै स्थानीयवासी आक्रोसित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.