साना हेलिकोप्टर्समा व्यवसायी आकर्षित

साना हेलिकोप्टर्समा व्यवसायी आकर्षित

काठमाडौः नेपाली आकाशमा गत दसैंदेखि अल्टिच्युट नामक नयाँ हेलिकोप्टर कम्पनी थपिएको छ । आगामी एक महिना भित्रमै अर्को नयाँ हेलिकोप्टर कम्पनी एभरेस्टले सेवा सुचारु गर्ने तयारी गरिरहेको छ ।

सञ्चालनमा रहेको अन्य सातवटा कम्पनी पनि हेलिकोप्टरको संख्या बढाउने वा नयाँ रणनीति बनाएर जाने योजनामा तयार गरिरहेका छन् । यसो हुनुको प्रमुख कारण हो, नेपालमा हेलिकोप्टर व्यवसायप्रतिको आकर्षण ।

नेपालमा पछिल्लो समय साना हेलिकोप्टरको व्यावसायिक भविष्य राम्रो देखिएका कारण यसप्रति आकर्षण बढिरहेको छ । ठूला हेलिकोप्टर (एमआई १७) को तुलनामा साना ५ वा ६ सिट क्षमताका हेलिकोप्टरको आवश्यकता बढेको र पर्यटकीय हिसाबले पनि उपयुक्त हुँदै गएकाले व्यावसायिक आकर्षण बढेको सम्बन्धित कम्पनीको दाबी छ ।

भौगोलिक भूबनोटका कारण दुर्गम र पहाडी जिल्लाका सबै ठाउँमा सडक यातायातको पहुँच सहज नभएको र नियमित उडानका वायुसेवाले पनि सेवा दिन नसकेका कारण हेलिकोप्टर आवश्यक पर्ने वायुसेवा सञ्चालक संघ नेपालको भनाइ छ ।

संघका सदस्य तथा मनाङ एयरका कर्पोरेट प्रमुख राजु न्यौपानेका अनुसार साना हेलिकोप्टर उद्धारमा सबैभन्दा बढी प्रयोग हुने गरेका छन् ।

नेपालमा साहसिक पर्यटनको गतिविधि हुने, पर्वतीय पर्यटनमा जाँदा उद्धारको आवश्यकता धेरै पर्ने र सहज तथा छिटो सेवा दिने भएकोले पनि साना हेलिकोप्टरप्रति व्यावासायिक आकर्षण भएको हुन सक्ने उनको बुझाइ छ ।

अहिलेसम्म कुनै पनि हेलिकोप्टर कम्पनी घाटामा गएका छैनन् । करिब १४ सय किलोसम्म मात्र कार्गोका सामग्री बोक्ने भएकोले प्रायः निरन्तर काम पाइरहने र आन्तरिक तथा वाह्य पर्यटक बढ्दै गएका कारण चार्टर उडानमा हेलिकोप्टरको प्रयोग हुन्छ ।

‘पर्यटकीय सिजनको ६ महिना नेपालका सबै हेलिकोप्टर भ्याँइनभ्याँइ छन्, कुनै पनि हेलि खाली छैनन्’, उनले भने । आपत्कालीन उद्धारमा जानुपर्ने अवस्थामा पनि पर्यटकीय सिजनमा भनेकै समयमा हेलिकोप्टर पाउन मुस्कील पर्ने न्यौपानेको भनाइ छ ।

सञ्चालन खर्चसमेत एमआई १७ को तुलनामा आधा सस्तो पर्ने, नेपालमा माउन्टेन फ्लाइट गर्ने पर्यटक बढ्दै गएका, कुनै पनि समयमा नेपाली तथा विदेशीको उद्धार गर्नुपर्दा साना हेलिकोप्टर उपयुक्त हुने भएकोले पनि नेपालमा यसको व्यावसायिक सम्भावना बढेको छ ।

यस प्रकृतिका हेलिकोप्टरको बजार भविष्य देखेर नै हेलिकोप्टर व्यवसायमा हात हालेको अल्टिच्युड हेलिकोप्टरका प्रबन्ध निर्देशक निमानुरु शेर्पाले बताए । उनका अनुसार यो कम्पनीले एक वर्ष भित्रमै तीनवटा हेलिकोप्टर पुर्‍याउने भएको छ । यसका लागि हाल एउटा प्रयोगमा ल्याइसकेको छ भने अर्को ल्याउने प्रक्रियामा अगाडि बढाइसकेको छ ।

नयाँ थप हुँदै गरेको एभरेस्ट हेलिले पनि तत्काल दुईवटा हेलिकोप्टर सञ्चालनको योजना बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति लिने तयारीमा रहेको एभरेस्ट हेलीले श्री एयरलाइन्सका दुईवटा एएस ३५० बीथ्री नामक हेलिकोप्टर खरिद गर्ने सम्झौता गरिसकेको छ । श्रीले यी दुईवटा हेलिकोप्टर एभरेस्ट हेलीलाई बिक्री गर्ने भएकै कारण उडान आवर नबढाउन जहाज ग्राउन्डेड गरेर राखेको छ । प्राधिकरणबाट अनुमति पाउनासाथ उडान गर्ने तयारीमा एभरेस्ट रहको यो वायुुसेवाले बताएको छ ।

पर्वतीय पर्यटनमा जाने पर्यटकको उद्धार गर्न र कुनै पनि दुर्गम क्षेत्रबाट बिरामीको तुरुन्त पिकअप गर्न यस्तो प्रकृतिका हेलिकोप्टरको प्रयोग हुने गरेको छ । यात्रुले चाहेकै क्षेत्र र समयमा यसलाई प्रयोग गर्न सकिने भएकोले साना हेलिकोप्टर प्रयोग बढी हुने फिस्टेल एयरले जानकारी दिएको छ ।

 

नेपाली सेना र श्री एयरसँग मात्रै रहेको एमआई १७ हेलिकोप्टर ठूला विकास निर्माण तथा खाद्यान्न ढुवानीमा प्रयोग हुन्छन् । नेपालमा दुवै प्रयोग घटेकाले पनि एमआईले कामै नपाउने र सानोको मात्रै आकर्षण रहेको हेलिकोप्टर सेवा प्रदायक बताउँछन् ।

आन्तरिक पर्यटकलाई आकर्षण गर्न सक्ने प्याकेजसमेत हेलिकोप्टर कम्पनीले दिन थाल्नुले पनि सानाको प्रयोग बढ्दै गएको हेलिकोप्टर सेवाप्रदायकको भनाइ छ ।

व्यावसायिक सम्भावनाकै कारण आन्तरिक उडानका हेलिकोप्टर सेवा प्रदायक कम्पनी धमाधम हेलिकोप्टर थप्न थालेका छन् । हाल हेलिकोप्टर सेवामा क्रियाशील नेपाली सेनाको भीभीआईपीसहित आठवटा कम्पनीले हेलिकोप्टर सेवा प्रदान गरिरहेका छन् ।

व्यावसायिक सम्भावनाकै कारण आन्तरिक उडानका हेलिकोप्टर सेवा प्रदायक कम्पनी धमाधम हेलिकोप्टर थप्न थालेका छन् ।

यीमध्ये सानो हेलिकोप्टरबाट सेवा दिइरहेको प्रभु हेलिकोप्टरले एउटा हेली थप गरेर दुईवटा बनाएको छ । फिस्टेल एयरले पनि गएको दसैं एक नयाँ हेलिकोप्टर थप गरेको छ । फिस्टेलले आगामी एक वर्षभित्रै बेल कम्पनीका दुईवटा हेलिकोप्टर थप गर्ने भएको छ ।

सिम्रिकले पनि एउटा हेलिकोप्टर ल्याउने अन्तिम तयारी गरिरहेको छ । एक हेली ल्याउने अन्तिम तयारी भएको यो वायुसेवाले जानकारी दियो । नेपाली आकाशमा नेपाली सेना, एयर डाइनेस्टी, फिस्टेल एयर, मनाङ एयर, माउन्टेन हेलिकोप्टर, प्रभु हेलिकोप्टर, श्री एयरलाइन्स, सिम्रिक एयर र अल्टिच्युट हेलिकोप्टरले सेवा दिइरहेका छन् ।

यी सबै वायुसेवासँग एकदेखि चारवटासम्म हेलिकोप्टर रहेकाले दैनिक डेढ दर्जन निजी क्षेत्रका हेलिकोप्टर नेपाली आकाशमा उड्ने गरेको हेलिकोप्टर व्यवसायीको भनाइ छ । हेलिकोप्टरमा पछिल्लो समय बजारको अवश्यकताभन्दा प्रतिस्पर्धा बढेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.