प्रमुख पर्यटकीय गन्तव्य बन्दै बेगनास 

प्रमुख पर्यटकीय गन्तव्य बन्दै बेगनास 

लेखनाथः सुन्दर र शान्त वातावरण मनपराउने पर्यटकको प्रमुख गन्तव्य बेगनास ताल किनारको माझीकुना भएको छ । पोखरा घुम्न आउने पर्यटकले पछिल्लो समय पोखरासँगै जोडिएको लेखनाथ नगरपालिकाको बेगनास तालतर्फ आकर्षित हुन थालेकाले उक्त ठाउँ प्रमुख पर्यटकीय गन्तव्यमा परेको हो । यहाँको सुन्दरी डाँडा र पचभैया क्षेत्र पनि पर्यटकको रोजाइमा परेको छ ।

पर्यटकको आगमनमा वृद्धिसँगै यहाँका स्थानीयले सुविधा सम्पन्न होटल निर्माण गर्न थालेका छन् । बेगनास ताल किनारमा ठूला लगानीका होटेल खोल्ने क्रम जारी छ । गत पाँच वर्षदेखि बेगनास ताल किनारको माझीकुना क्षेत्रका व्यवसायीले होटेलमा लगानी बढाउँदै गएको होटल तथा रेस्टुरेन्ट व्यवसायी समिति लेखनाथका अध्यक्ष दामोदरभक्त थापाले बताए ।

विदेशी र स्वदेशी पर्यटकमाझ लेखनाथको लेकसाइड माझीकुना रोजाईमा पर्दै गएको उनले सुनाए । सात तालको सहर भनेर चिनिने लेखनाथ पोखराबाट छाँयामा पर्दै गएको थियो । लेखनाथको सुन्दरी डाँडामा बेगनास ताल रिर्सोट सञ्चालनमा आए पछि पर्यटन व्यवसायीको आकर्षण पनि यहाँ बढ्दै गएको छ ।

पोखरा भन्दै घुम्न आउने पर्यटकको लागि लेकसाइड मुख्य गन्तव्यमा पर्छ । पछिल्लो समय पर्यटकले लेकसाइडसँगै लेखनाथलाई पनि आफ्नो प्रमुख गन्तव्यमा समेटेका छन् ।

फेवा तालबाट बेगनास तालसम्म सिधा बस सेवा सञ्चालनमा आए पछि यहाँ आन्तरिक र बाह्य पर्यटकको चाँप बढ्दै गएको थापाले सुनाए ।

माझीकुनामा पर्यटकको आगमन बढ्न थाले पछि स्थानीयले घरमै पर्यटन व्यवसाय सञ्चालन गर्न थालेका छन् । माझीकुनामा पर्यटकको आगमन बढेपछि विदेशको काम छाडेर होटेल सञ्चालन आएको स्थानीय धुब लामिछानेले सुनाए ।

दश वर्षदेखि कतारमा मजदुरी गरिरहेका लामिछाने आफ्नै घरआगनमा पर्यटक आउन थाले पछि विदेशको जागीर छाडेर होटेल सञ्चालन गरेका हुन् । अहिले उनले सञ्चालन गरेको आयुस गेष्ट हाउसमा पर्यटक भरीभराउँ छन् । बढी मात्रामा इजरायली, फ्रेन्च र जर्मनी पर्यटक आउने गरेको उनले बताए ।

असोजदेखि मंसिरसम्म विदेशी पर्यटकले भरिने र अन्य समयमा आन्तरिक पर्यटकले होटेल चल्ने गरेको उनले सुनाए । माझीकुनामा अहिले नौ होटेल सञ्चालनमा छन् ।

लेखनाथमा तीनवटा स्टार लेवलका होटेलसहित ३०होटेल सञ्चालनमा रहेको होटेल तथा रेस्टुरेन्ट व्यवसायी थापाले बताए । लेखनाथ सेरोफेरोमा सञ्चालित टाइगर माउन्टेन, रुपाकोट रिसोर्ट , बेगनास लेक रिसोर्ट स्टार होटेल हुन् । पछिल्लो समय होटेलमा लगानी गर्नेको संख्या यहाँ बढ्दै गएको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.