धरहरा पुनर्निर्माणका लागि नेपाली सेनाद्वारा ६ कराेड रुपैयाँ सहयाेग

धरहरा पुनर्निर्माणका लागि नेपाली सेनाद्वारा ६ कराेड रुपैयाँ सहयाेग

काठमाडौं: नेपाली सेनाले धरहरा पुनर्निर्माणका ६ कराेड रुपैयाँ भन्दा बढी अार्थिक सहयाेग गरेको छ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सोमबार बिहान प्रधान सेनापति राजेन्द्र क्षेत्रीले धरहरा पुनर्निर्माणका लागि नेपाली सेनाका तर्फबाट ६ करोड १७ लाख १ हजार सात सय त्रियासी रुपैयाँ बराबरको चेक प्रधानमन्त्री पुष्षपकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन्।

चेक बुझ्दै प्रधानमन्त्रीले नेपाली सेनाले गरेको प्रयासको प्रशंसा गर्दै धरहरा निर्माणका लागि सरकारले पनि गृहकार्य गरिरहेको जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले भने,'हामी पुनर्निर्माणको चरणमा छौं। राज्यका सबै अंग मिलेर पुनर्निर्माण र नवनिर्माणको कामलाई तिब्रता दिनुपर्छ। त्यसका लागि तपाईहरुले गरेको प्रयास प्रशंसनीय छ।'

सरकार पनि धरहरा निर्माणको बिकल्पबारे गृहकार्य गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.