‘अंगीकृत नागरिकलाई राष्ट्राध्यक्ष बनाउन सकिन्नँ’

‘अंगीकृत नागरिकलाई राष्ट्राध्यक्ष बनाउन सकिन्नँ’

खोटाङ: प्रमुख विपक्षी एमाले महासचिव ईश्वर पोखरेलले अंगीकृत नागरिकलाई उच्च पद दिन नसकिने बताएका छन्।

खोटाङ सदरमुकाम दित्तेलमा सोमबार बिहान प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा पोखरेलले सरकारले संविधान संशोधनमा त्यस्तो विषय समावेश गर्न नसक्ने ठोकुवा गरे। यो हावादारी कुरा हो,’ उनले भने, ‘तर, त्यस्तो प्रस्ताव आयो भने एमालेले विरोध गर्दछ, पास हुन दिंदैनन।’ उनले संविधान संशोधनका विषयमा सरकारले अहिलेसम्म ठोस छलफल नगरेको बताउँदै नाजायज माग पूरा गर्न नसकिने बताए ।

पोखरेलले लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको पक्षमा कांग्रेस पनि उभिने विश्वास व्यक्त गरे । ‘थोरै पनि विवेक छ भने कांग्रेस पक्षमा उभिनुपर्दछ,’ उनले भने। उनले लोकमानको नियुक्ति हुने प्रंसग चलेकै दिनदेखि आफू विपक्षमा उभिएको बताए । उनले एमालेले मात्रै लोकमानलाई ल्याउनु हुँदैन भन्ने संस्थागत निर्णय गरेको उल्लेख गरे ।

पोखरेलले भारतीय राष्ट्रपतिलाई दिने सम्मानप्रति एमालेको कुनै टिप्पणी नभए पनि सरकारले कुटनीतिक मर्यादाविपरीत चाप्लुसीको पराकाष्ठा नाघेको आरोप लगाए। पोखरेलले संविधान कार्यान्वयन गर्न अबरोध खडा गरेर पुस्न राजनीतिक रंग भएको बाहुबली ल्याउने षड्यन्त्र सुरु भएको बताए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.