‘निर्वाचनको वातावरण बनाऔँ’

‘निर्वाचनको वातावरण बनाऔँ’

काठमाडौँः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले सरकार तथा विपक्ष सबै दल मिलेर राष्ट्रिय सहमति बनाई निर्वाचनको वातावरण तयार गर्नुपर्ने खाँचो औँल्याएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री नायकले भने‘दलहरु मिलेर राष्ट्रलाई सङ्कटबाट पार लगाउने काम भयो भने भोलि अतिवादीलाई खेल्ने ठाउँ रहँदैन ।’

अल्पसङ्ख्यक, महिला, आदिवासी जनजातिको माग सम्बोधन गरेर संविधान संशोधनका लागि साझा मिलन विन्दु खोज्नुपर्नेृ उनको भनाइ थियो ।

अङ्गीकृत नागरिकता प्राप्त गरेकालाई राष्ट्रपति र प्रधानमन्त्री जस्ता कार्यकारी पद दिने विषयमा सरकारले सहमति नगरेको पनि स्पष्ट पारे । मन्त्री नायकले उच्च अदालतमा ८० जना न्यायधीशको आवश्यकता रहेको र उनीहरुको नियुक्ति दलबीच छलफल गरी छिट्टै गरिने बताए । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.