इमेल प्रकरणमा हिलारी क्लिन्टनलाई सफाइ
एजेन्सी : अमेरिकी राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनले इमेल प्रकरणमा सफाइ पाएकी छिन्।
चुनावको मुखमा उनले सफाइ पाएपछि अर्का प्रतिस्पर्धी डोनाल्ड ट्रम्पले आक्रोश व्यक्त गरेका छन्। कुनै तथ्य नभेटिएको भन्दै एफबीआईले उनलाई सफाइ दिएको हो। एफबीआईले सफाइ दिएपछि अमेरिकी चुनावले नयाँ मोड लिएको विश्वास गरिएको छ।
अमेरिकी विदेशमन्त्री हुँदा हिलारीले व्यक्तिगत इमेल प्रयोग गरेर संवदेनशिल सन्देश पठाएको भन्दै यसबारेमा एफबीआई जाँच सुरु गरेको पत्र केही समय अघि संसद्लाई पठाएको थियो।