भूकम्पका कारण अमेरिकाको अोक्लाहोमा राज्यमा विद्यालयहरु बन्द
ओक्लाहोमा: अमेरिकाको ओक्लाहोमा राज्यमा भूकम्पको गएको छ। आइतबार साँझ गएको भूकम्पका कारण सोमबार ओक्लाहोमा प्रान्तमा सार्वजनिक बिद्यालयहरु बन्द गरिएको छ।
भूकम्पको कारण भएका क्षतिहरुको विवरण सङ्कलनको लागि विद्यालय बन्द गरिएको बताइएको छ । स्थानीय समयाअनुसार आइतबार साँझ ७:४४ बजे गएको यस भूकम्पबाट ठाउँ ठाउँमा क्षति भएको कुसिङ्ग प्रहरी विभागले जानकारी दिएको. छ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार होक्लाहोमा राज्यमा गत हप्ता १९ वटा स–साना भूकम्प गएको रिकर्ड गरिएको थियो । आइतबार साँझ गएको भूकम्पको कम्पन क्यान्सास सिटी, मिस्साउरी र अक्र्यान्सास राज्यको लिट्टिलक रक नगरमा महसूस गरिएको पनि युएसजिएसले जानकारी दिएको छ । रासस/एपी