स्याङ्जामा वर्षे धान उत्पादनमा ६ प्रतिशतले वृद्धि

 स्याङ्जामा वर्षे धान उत्पादनमा ६ प्रतिशतले वृद्धि

स्याङ्जाः यस वर्ष ठिक समयमा मनसुन सुरु भई समयमै धान रोप्न पाएका कारण स्याङ्जामा वर्षे धानको उत्पादनमा वृद्धि भएको छ । गतवर्षको तुलनामा यसवर्ष धानको उत्पादनमा ६ प्रतिशत वृद्धि हुने कृषि विकास कार्यालय स्याङजाले जनाएको छ ।

गतवर्षको तुलनामा यसवर्ष ३ हजार ६ सय ५० मेट्रिक टन धान उत्पादनमा वृद्धि भएको हो । गत वर्ष १६ हजार ८ सय हेक्टर क्षेत्रफलमा लगाएको वर्षे धानको उत्पादन ६० हजार ८ सय ४८ मेट्रिक टन थियो ।

यसवर्ष भने ६४ हजार ४ सय ९८ मेट्रिक टन उत्पादन भएको छ । अघिल्लो वर्ष भने १ दशमलब २ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीले जानकारी दिए ।

वर्षा भएसंगै समयमै धान रोप्न पाएपछि यसवर्ष धान उत्पादन वृद्धि हुनेमा किसानहरु ढुक्क थिए । कुलभूगाभ मध्ये यसवर्ष ९८ प्रतिशतमा धान खेती गरिएको थियो । गतवर्ष ३३ मुरी धान उत्पादन भएको क्षेत्रमा यसवर्ष ४५ मुरी धान भित्रयाएको भन्छिन पुतलीबजार नगरपालिका १० का नुमकला चापागाई । ७ रोपनी जग्गामा उनले यसवर्ष हाइव्रेड यूपीएस ३१२ र यूपीएस ३८३ जातका धान रोपेको बताईन् ।

यहांका आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट, रत्नपुर, कुवाकोट ,गल्याङका क्षेत्र, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका वालिङ नगरपालिका, चाकाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ, गल्याङ धान प्रमुख उत्पादक स्थान हुन् ।


स्याङ्जामा मन्सुरी, हाइव्रेड, यूपीएस ३१२, यूपीएस ३८३, मकवानपुर १, सावित्री, रामधान, सुनौलो सुगन्ध, राधा ४, खुमल ११, खुमल १३ लगायतका उन्नत जातका धान रोप्ने गरिन्छ । बर्मेली, पहेंले, आँप झुत्ते, मनसरा, गुर्जी, एक्ले, जर्नेली, बातिसरा, अनदी, गोरखनाथ, लोकनाथ, खुमल, गोला लगायतका स्थानीय जातका धान पनि रोपिने गरिएको कृषि अधिकृत तीलक विसीले जानकारी दिए । उनका अनुसार धान रोप्ने क्षेत्रफल भने बढेको देखिदैन् ।


पानी लाग्ने खेतमा जेठको अन्तिम सातादेखि पानी नलाग्ने स्थानमा साउनको अन्तिम सातासम्म पनि कुरेरै पनि धान खेती गर्ने गरिएको छ । धान बाली यहांको मुख्य खाद्यान्न बाली हो । जिल्लामा धानको सरदर उत्पादकत्व ३ दशमल ५ मेट्रिक टन प्रति हेक्टर रहेको वालि संरक्षण अधिकृत ख्यामनारायण चापागाई भन्छन् । चापागाईका अनुसार स्याङ्जामा अझ २० प्रतिशत धान काट्न बाँकी छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.