कांग्रेस सभापति देउवा र मोदीबीच भेटवार्ता
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका सभापति देउवाले मंगलबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन्।
हैदराबाद हाउसमा भएको भेटवार्तामा देउवा र मोदीबीच संविधान संशोधन, संविधान कार्यान्वयन, मधेस मुद्दा र पछिल्लो राजनीति घटनाक्रम लगायतका विषयमा छलफल भएको थियो। भेटमा मोदीले सबै पक्षलाई समेटेर संविधान कार्यान्वयनमा जुट्न सुझाव दिएका छन्।
देउवाले असन्तुष्टहरुको माग सम्बोधनका लागि सविधान संशोधनको तयारी भइरहेको बताएका थिए। देउवा पत्नी आरजु राणा देउवासहित भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न नयाँ दिल्लीस्थित हैदरावाद हाउस पुगेका थिए।