दिल्लीमा संविधान कार्यान्वयनका विषयमा छलफल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका सभापति देउवाले मंगलबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन्। देउवा र मोदीबीच संविधान संशोधन र कार्यान्वयनका विषयमा छलफल भएको छ । तस्बिरः शेरबहादुर देउवाको ट्वटिरबाट