अमेरिकी राष्ट्रपतीय चुनावको अन्तिम समयमा पनि चुनावी सभाको रौनक

 अमेरिकी राष्ट्रपतीय चुनावको अन्तिम समयमा पनि चुनावी सभाको रौनक

वासिङ्गटनः मतदान केन्द्र खुल्नु आधा दिन मात्र बाँकी रहेको अवधिमा हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प दुबै उम्मेदबार बिभिन्न राज्यमा सोमबार साँझ अन्तिम तीव्र प्रतिस्पर्धामा ब्यस्त छन्।

फिलाडेल्फियाको इन्डिपेडेन्स हलबाहिर आयोजित अमेरिकी राष्ट्रपति बाराक ओबामा, उनकी धर्मपत्नी प्रथम महिला मिसेल ओबामासमेत उपस्थित एक बिशाल र्यालीलाई हिलारी क्लिन्टनले सम्बोधन गरिन् ।

पहिला आयोजित आमसभा, र्यालीलगायत प्रचारप्रसार अभियानका कार्यक्रमहरुमा आफू अलि बढ्तै आक्रोशित हुनु परेकामा पश्चाताप गर्दै हजारौं समर्थकहरुका माझ उनले भनिन्, ‘यो निर्वाचन हाम्रो परीक्षाको घडी हो, यसमा कसैको विरुद्ध नभई कसैको समर्थनमा मतदान गर्न आह्वान गर्दछु ।’

यसअघि, पेन्सिल्भानिया राज्यमा विजय सुनिश्चित गर्ने प्रयास स्वरुप आयोजित एक बिशाल र्यालीमा हिलारीका पति पूर्वराष्ट्रपति बिल क्लिन्टन, छोरी चेल्सिया र वर्तमान राष्ट्रपति ओबामा र धर्मपत्नी मिसेल र ठूला अमेरिकी राजनीतिक हस्तीहरु र प्रख्यात पप गायकहरु ब्रुस स्प्रिङ्गस्टिन तथा जोन बोन जोभीलगायत अन्य धेरै प्रतिष्ठित व्यक्तिहरुको पनि सहभागीता थियो ।

उक्त र्याली फिलाडेल्फिया पुगी यहाँ प्रतीक्षारत हजारौं समर्थकहरुसँग मिसिई एक बिशाल आमसभामा परिणत भएको थियो ।

फिलाडेल्फियामै आयोजित अर्को एउटा अन्तिम आसभालाई सम्बोधन गर्दै राष्ट्रपति बाराक ओबामाले भने, ‘मन चन्चल भएका मतदाताहरुले डोनाल्डको विपक्षमा भोट खसाल्न हिचकिचाउनै पर्दैन, विकल्पमा तपाईंहरुलाई एउटी असाधारण महिला उपलब्ध छँदैछन् ।’


कहिलेकहीँ ट्रम्प अभियानको निरर्थक भाषण र वाहियात प्रलाप सुन्दा सुन्दा ‘जिब्रो टोक्नु परेको’ भन्दै राष्ट्रपति ओबामाले ट्रम्पलाई ‘लहडी व्यक्ति, क्लिन्टनलाई धोखापूर्ण महिला भनी अनर्गल प्रचार गर्दै विद्वेष फैलिने दुष्कार्य गर्ने व्यक्ति भएको संज्ञा दिए ।

उनले अमेरिकी नागरिकसरह क्लिन्टन पनि दृढ आत्मविश्वास भएकी सच्चा नारी भएको भन्दै सच्चा नारीलाई राष्ट्रपति पदमा जिताउन आह्वान गरे।  एजेन्सी

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.