समूह विजेता बन्दै नेपाल एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा

समूह विजेता बन्दै नेपाल एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा

काठमाडौंः नेपाल एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा ब्रुनाइलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो।

पहिलो हाफको इन्जुरी समयमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक सून्यको अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्यो।

नेपालका लागि खेलको ७१ औं मिनेटमा भरत खबासले गोल गर्दै अग्रता दोब्बर पारे। यस्तै खेलको ८० औं मिनेटमा विमल घर्ती मगरलाई डी एरियामा ब्रुनाइका खेलाडीले लडाएपछि नेपालले पेनाल्टी पायो।

पेनाल्टी प्रहारमा विमल घर्ती मगर चुकेनन् र नेपाललाई ३–० को जित दिलाए। यसअघि शनिवार भएको आफ्नो पहिलो खेलमा नेपाल टिमोर लेस्टेसँग गोलरहित बराबरी रोकिएको थियो।

नेपाल दुई खेलबाट ४ अंकका साथ विजेता बन्दा दुई खेलमा एकमा जित एकमा हार व्यहोरेको ब्रुनाइ ३ अंक जोड्दै समूह उपविजेतामा चित्त बुझायो। यसअघि पहिलो खेलमा ब्रुनाइले टिमोर लेस्टेलाई ४–० ले पराजित गरेको थियो।

भिडियो हेर्नुस्:

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.