सुशील कोइराला फाउन्डेसनको अध्यक्षमा शशांक
काठमाडौं: लोकतन्त्र र प्रजातान्त्रिक प्रक्रियाको संरक्षण र सुद्घीकरण गर्ने उद्देश्यले नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको स्मृतिमा सुशील कोइराला मेमोरियल फाउन्डेसन स्थापना गरिएको छ।
फाउन्डेसनको संरक्षकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा छन् भने महामन्त्री डा शशांक कोइराला फाउन्डेशनको अध्यक्ष छन्। त्यसैगरी पार्टीका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, चित्रलेखा यादव, एनपी साउद, राज्य व्यवस्था समितिका सभापति दीलबहादुर घर्ती, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलगायत सदस्य रहेका छन्।
नेपालमा शान्ति, स्थिरता, स्थायित्व, संमृद्घ र समतामूलक सन्तुलन समाज प्रजातान्त्रिक दायराभित्र रहेर मात्र संभव छ भन्ने विपी कोइरालाको विचार र सिद्घान्तबाट प्रेरित भई फाउन्डेसन सञ्चालनमा ल्याइएको हो ।
फाउन्डेसनले राष्ट्रिय एकता, सद्भाव तथा सहमतिलाई प्राथमिकता दिने संस्थाका अध्यक्ष डा कोइरालाले जानकारी दिए। रासस