अमेरिकन राष्ट्रपतीय चुनावः ट्रम्प र हिलारीबीच टक्कर

अमेरिकन राष्ट्रपतीय चुनावः ट्रम्प र हिलारीबीच टक्कर

टाइम्स स्क्वायर, न्युयोर्कः अमेरिकाले ४५ औं राष्ट्रपति पाउने क्षण नजिकिँदै गर्दा यसपटकको निर्वाचनका क्रममा इतिहासमै कमजोर देखिएको रिपब्लिकन पार्टीको भविष्य संकटमा परेको देखिएको छ । अब्राहम लिंकनको १६२ वर्ष पुरानो पार्टीमाथि मूल्य र मान्यताको राजनीति छाडेर जातीय द्वेष र विभाजनलाई प्रोत्साहित गरेको टिप्पणी गरिएको छ ।

डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टनलाई पार्टीभित्र पछिल्ला वर्षहरूमा देखिएकामध्ये कमजोर उम्मेदवारका रूपमा चित्रण गरिए पनि डोनाल्ड ट्रम्पलाई रिपब्लिकनबाट आएका इतिहासकै कमजोर उम्मेदवारका रूपमा हेरिएको छ । दुई कमजोर उम्मेदवारबीचको प्रतिस्पर्धामा कसले बाजी मार्ला भन्ने थाहा पाउन नेपाली समयअनुसार बुधबार दिउँसोसम्म कुर्नुपर्छ तर ट्रम्पको उम्मेदवारीले रिपब्लिकन पार्टीमा नेताको खडेरी परेको स्पष्टै देखिएको छ ।

मत सर्वेक्षणहरूमा क्लिन्टनभन्दा धेरै पछि छैनन्, ट्रम्प पनि । तर उनी पार्टीभित्र एक्लो छन्, आफ्नो व्यवहार, अभिव्यक्ति र चरित्रका कारण । चुनावी अभियानमा समेत एक्लै खटेका ट्रम्पलाई रिपब्लिकनबाट कुनै ठूलो नामले साथ दिएन । निर्वाचनको अघिल्लो दिन सोमबार उनले फ्लोरिडादेखि मिसिगन, पेन्सल्भिनियादेखि न्यू ह्याम्सायरसम्मका पाँच चुनावी ¥यालीलाई सम्बोधन गरे पनि उनका सभामा कुनै चर्चित रिपब्लिकन देखिएनन् । क्लिन्टनको सभामा भने सोमबार राष्ट्रपति बाराक ओबामा, प्रथम महिला मिसेल ओबामा, पूर्वराष्ट्रपति तथा पति बिल क्लिन्टनलगायतका हस्तीहरू देखिएका थिए । ठूलो संख्यामा श्वेत कट्टरपन्थीहरूको समर्थन ट्रम्पलाई रहे पनि पार्टीको मूल्यमान्यतालाई बुझेकाहरूले सार्वजनिक रूपमै उनीविरुद्ध टिप्पणी गरे ।

बुबाछोरा नै रिपब्लिकनका तर्फबाट राष्ट्रपति बनेका जर्ज बुस परिवारकै कतिपय सदस्यले ट्रम्पलाई भोट नहाल्ने सार्वजनिक घोषणा गरेका थिए ।

चुनावी अभियानका क्रममा उनले दिएका अभिव्यक्तिहरूले रिपब्लिकन समर्थकहरूलाई निराश र पार्टीलाई विभाजित बनाएको छ । १६२ वर्ष पुरानो अमेरिकाको सबैभन्दा कान्छो ठूलो पार्टीभित्रका १६ उम्मेदवारहरूलाई पछि पार्दै प्राइमरी निर्वाचनबाट ट्रम्प राष्ट्रपतिका उम्मेदवार बनेका थिए ।

डेमोक्र्याट मानिने अर्बपति तथा टीभी सेलिब्रेटी ट्रम्पले रिपब्लिकन पार्टीबाट उम्मेदवारी पाएपछि राष्ट्रपतीय निर्वाचनको उम्मेदवार छनोट प्रणालीमा समेत प्रश्न उठेका थिए । उनी रिपब्लिकन ट्रेड क्रुज र पल रायनजस्ता अनुभवी राजनीतिज्ञहरूलाई पछि पार्दै प्राइमरीबाट राष्ट्रपतीय उम्मेदवार बनेका थिए ।

सन् २०१२ को निर्वाचनमा बाराक ओबामासँग पराजित रिपब्लिकन उम्मेदवार मिट रोम्नी अनुभवी र पाका राजनीतिज्ञ हुन् भने त्यसअघि ओबामासँगै पराजित जोन म्याकन पनि ठूलो राजनीतिक नाम हो ।

सन् २००४ मा रिपब्लिकनबाट छोरा जर्ज बुस अमेरिकी राष्ट्रपति बनेका थिए भने त्यसअघि उनका पिता डेमोक्र्याट बिल क्लिन्टनबाट पराजित भएका थिए । त्यसअघि बुबा जर्ज बुस अमेरिकाका राष्ट्रपति थिए भने त्यसअघि आठ वर्ष रिपब्लिकनकै रोनाल्ड रेगनले ह्वाइट हाउसमा शासन गरेका थिए ।

पटकपटक सेक्स स्क्यान्डलमा परेका, गालीगलौजपूर्ण भाषा प्रयोग गर्ने र नीतिगत विषयमा धेरै जानकारी नभएका ट्रम्प उम्मेदवार बन्नुलाई रिपब्लिकन पार्टीभित्र नेताको खडेरी परेको र जनतामाझ पार्टीप्रति विश्वास कम हुँदै गएको रूपमा हेरिएको छ । जीओपी भनिने रिपब्लिकन पार्टीबाट ट्रम्पलाई उम्मेदवार बनाएर पार्टीले जातीय राजनीतिलाई अघि बढाएको विश्लेषण गर्छन् कतिपय ।
ट्रम्पले हारे पनि जिते पनि यो निर्वाचनपछि रिपब्लिकन पार्टी दुई धारमा बाँडिने स्पष्टै छ । एकथरी श्वेत कट्टरपन्थीहरू ट्रम्पको समर्थनमा खडा हुनेछन् भने मूल्य र मान्यताको राजनीति गर्न चाहने रिपब्लिकनहरू उनीविरुद्ध उभिनेछन् । कन्जरभेटिभ मूल्य र मान्यतालाई अघि बढाउन चाहनेहरूले अलग्गै पार्टी निर्माण गर्नसक्ने धारणा कतिपयको छ ।

को बन्ला विदेशमन्त्री ?
हिलारी क्लिन्टन अमेरिकाको ४५ औं राष्ट्रपति निर्वाचित भइन् भने उनले अहिलेका उपराष्ट्रपति जोन बाइडेनलाई विदेशमन्त्रीका रूपमा निर्वाचित गर्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् ।

क्लिन्टनले अहिलेसम्म आफूले मन्त्रिपरिषद् सदस्यहरुको नाम नसोचेको बताए पनि बाइडेनलाई अर्को सम्भावित विदेशमन्त्री देख्नेहरूको संख्या ठूलो छ । अधिकांश मिडिया र राजनीतिक भविष्यवेत्ताले क्लिन्टन राष्ट्रपतिमा निर्वाचित भइन् भने बाइडेन विदेशमन्त्री बन्ने ठोकुवा गरेका छन् । रिपब्लिकन डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए भने उनले राजनीतिक विश्लेषक तथा रिपब्लिकन नेता निउट गिनरिचलाई विदेशमन्त्री निर्वाचित गर्ने सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.