टान–पर्यटन बोर्ड विवाद चुलियो

टान–पर्यटन बोर्ड विवाद चुलियो

काठमाडौंः नेपाल पर्यटन बोर्ड र पदायात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)बीच विवाद चुलिएको छ । टानसँग तीन वर्षदेखिकोे टिम्स विवाद आगामी १५ दिन भित्रै समाधान नभए टानले नयाँ विकल्प खोज्ने निर्णय गरेको छ । टिम्सको बिक्री वितरण बन्द भए पदयात्रा व्यवसाय नै जोखिम पर्ने उल्लेख छ ।

टानको मंगलबार बसेको कार्यसमिति बैठकले पर्यटन बोर्डले टिम्स कार्डको व्यवस्थित प्रयोग नगरेको, टिम्सको अवधारणअनुसार मापदण्ड कार्यान्वयन नगरेको र एक तिहाई रकम खर्च गर्ने अधिकार टानलाई नदिएको भन्दै विकल्प खोज्ने निर्णय गरेको महासचिव कर्ण लामाले जानकारी दिए ।

पदयात्रा व्यवसायमा जाने विदेशी पर्यटकको तथ्यांक, सुरक्षा, आकस्मिक उद्दार, बिमा तथा यो व्यवसायको प्रवद्र्धन र विकास गर्न शुल्क लिएर दिइने कार्ड (टिम्सकार्ड)को अवधारण अनुसार काम नभएको टानको भनाइ छ ।

टिम्स कार्ड लिँदा विदेशी पर्यटकले समूहगत रूपमा पदयात्रामा जाँदा प्रतिव्यक्ति १० डलर र एक्लै जाँदा २० डलर शुल्क तिर्नुपर्ने व्यवस्था छ । यस्तो शुल्कबाट टान र नेपाल पर्यटन बोर्ड दुवै संस्थाको संयुक्त कोषमा ३०÷३० प्रतिशत तथा मजदुर कल्याणकारी कोषमा १० प्रतिशत रकम जम्मा हुने व्यवस्था छ । यो रकमबाट बोर्ड तथा टानले सम्बन्धित क्षेत्रको विकास तथा प्रवद्र्धनमा र मजदुरको हकहितमा खर्च गर्ने व्यवस्था छ ।

टानका अनुसार टिम्स कार्ड बिक्रीबाट ३० प्रतिशत रकम खर्च गर्ने अधिकार पाएको भए पनि तीन वर्षदेखि बोर्डबाट यस्तो रकम निकासा भएको छैन । टानले सतप्रतिशत रकम तिरेर खरिद गर्ने गरेको टिम्सको पनि ३० प्रतिशतका दरले पाउनुपर्ने रकम मात्रै पनि तीन वर्षमा करिब १३ करोड रुपैयाँ पुगेको छ । यो रकम बोर्डमै छ ।

पर्यटन बोर्डले खर्च गर्न पाउन ३० प्रतिशत, बोर्ड र टानको संयुक्त कोषमा रहने अर्को ३० प्रतिशत र मजदुर कोषमा रहने १० प्रतिशत गरी करिब ५० करोड रुपैयाँभन्दा बढी रकम तीन वर्षदेखि पर्यटन बोर्डमा थुप्रिएको टानको दाबी छ ।

टानका अनुसार बोर्डलाई पटकपटक अनुरोध गर्दा र टिम्सको रकम निकासा गर्दा दुई करोड रुपैयाँ मजदुर उद्दारमा खर्च भएको रकम तिर्न बाँकी छ । २९ जना कर्मचारी र कार्यालय खर्च मासिक १० लाख टिम्स कार्डबाटै खर्च हुने रकम टानले पाएको छैन । टानले टिम्सका कर्मचारी र कार्यालय खर्च व्यवस्थापनमा ९६ लाख रुपैयाँ ऋण लिएको दाबी गरेको छ ।

बोर्डले टानलाई वेवास्था गरेको र पटकपटको व्यवसायीको माग नसुनेका कारण टानका सदस्य आफैंले आवश्यक छलफलपछि टिम्सजस्तै नयाँ व्यवस्था गर्ने निर्णय गरेको टानका महासचिव लामाले बताए ।

टिम्सको रकम परिचालन नहुँदा प्रवद्र्धन र विकास ठप्प

पर्यटन बोर्डले तीन वर्षदेखि टिम्सको रकम थुपारेर मात्रै राखेका कारण पदयात्रा पर्यटनको प्रवद्र्धन र विकास ठप्प रहेको टानको दाबी छ । टानका अनुसार टिम्सको रकम परिचालन नभएका कारण प्रवद्र्धनात्मक काम हुन सकेको छैन भने व्यवसायी मजदुर हकहितका लागि गर्ने काम पनि ठप्प छ ।

टानले समूहगत र बोर्डले एकल पर्यटको मात्रै टिम्स कार्ड बेच्ने गरेको छ । टानले बिक्री गरेको तथ्यांकअनुसार वार्षिक ८ देखि ९० हजार पर्यटक समूहगत रूपमा टिम्सकार्ड लिएर पदयात्रामा जाने गरेका छन् । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने टानसँगको विवाद अघिल्लो कार्यसमिति हुँदै भएको र यो विवाद सल्टिने अवस्थामा पुगिसकेको बताउँदै अएका छन् ।

केही दिन अगाडिको अन्नपूर्णसँगको कुराकारनीमा विगतमा दुई संस्थाबीच विश्वासको वातावरण हुन नसक्नुले समस्या आएको जोशीले बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.