अमेरिकी निर्वाचनमा ट्रम्पले अग्रता लिँदा डलरको भाउ घट्यो
एजेन्सी: अमेरिकी राष्ट्रपति निर्वाचन र त्यसको परिणामले अमेरिकी डलरको मूल्यमा पनि असर पारेको छ ।
जारी मतगणनामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएसँगै त्यसको असर डलरमा परेर अमेरिकी डलरको भाउ घटेको छ । यसको असर शेयर बजार पनि पर्नेछ । जसका कारण शेयर बजार ओरालो लाग्न थालेको छ ।
जारी मतगणनामा हिलरी क्लिन्टन र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ । यसअघि अमेरिकामा भएका मत सर्वेक्षणले क्लिन्टनको जीत देखाएका थिए ।