विश्वकै ठूलो गुराँस संकटमा

विश्वकै ठूलो गुराँस संकटमा

इलामः देउमाई नगरपालिका १ धोद्रेकी ६२ वर्षीया सुमित्रा राईलाई आफ्नै बारीमा रहेको विश्वकै ठूलो लालीगुराँस गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल भएको थाहा छैन । उनका छोरा मनहाङ राईलाई बारीमा रहेको रूख गिनिज रेकर्ड कायम गर्न सफल भएको थाहा भए पनि प्रचार र संरक्षणका बारेमा कसैले चासो नदिएकोमा चिन्ता लागेको छ ।

विकिपिडियाले उक्त गुराँस गिनिज बुक अफ वल्र्ड रेकड कायम गर्न सफल भनेर उल्लेख गरे पनि रेकर्ड कायम गरेको मिति उल्लेख गरेको छैन । उक्त गुराँसको रूख २०२८ सालमा गिनिज बुकमा दर्ता भएको मंगलबारेका होम दुलालले बताए ।

भारतको एक पुस्तकालयमा भेटिएको गिनिज बुकमा पहिले मंगलबारे गाविसमा पर्ने हालको देउमाई नगरपालिकाको उक्त गुराँसका बारेमा २०४१ सालमा पढ्ने मौका पाएको अग्रज पत्रकार धर्म गौतम बताउँछन् । उनले भने, ‘गुराँसको विवरण भेटेपछि पहिलोपटक इलामबाट प्रकाशन हुने मेची प्रवाहमा लेख लेखेको थिएँ ।' गौतमका अनुसार त्यसपछि गुराँसको चर्चा सुरु भएको थियो । उनले भने, ‘गिनिजमा दर्ता मिति भने हेक्का रहेन ।'

गुराँस रहेको जग्गाकी माली सुमित्राका अनुसार ९१ वर्षअघि उनका बुबा थाहा पाउने हुँदा पनि गुराँस अहिलेजस्तै देखिन्थ्यो । आठ फुट नौ इन्च गोलाइको गुराँसको उचाइ १६.१ मिटर रहेको छ । सुमित्राले सम्झिइन्, ‘ढकमक्क गुराँस फुल्दा चराहरू झुम्मिन्थे ।'

उनले काँडे तारबार गरेर गुराँसको रक्षा गरिदिन अनुरोध गरिन् । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिका कार्यकारी निर्देशक केशव धौराली, एमाले इलामका अध्यक्ष राम राना, कांग्रेसका होम दुलाल, एमाले नेता गणेश बरालसहितको टोली पहिलोपटक त्यहाँ पुग्दै थिए । उनीहरूले उक्त रूखको संरक्षण गर्ने आश्वासन दिए । रूखको फेदमा नपुग्ने इलामेको संख्या ठूलो छ ।

यो रूख पर्यटकका लागि अर्को गन्तव्य बन्नसक्ने उनको विश्वास छ । इलामको देउमाई नगरपालिकामा रहेको विश्वकै ठूलो भनिएको गुराँस रहेको क्षेत्रमा पर्यटन विकास गर्न स्थानीयले माग गरेका थिए । उक्त रूख दुई सय वर्ष पुरानो भएको बताइन्छ । बूढापाकाहरू पहिले उक्त स्थानमा घना जंगल भएको बताउँछन् । अहिले रूख काटिएकाले गुराँसको भविष्य संकटमा परेको उनीहरूको गुनासो छ ।

कहाँकहाँ पाइन्छ गुराँस

गुराँस नेपालमा पाइने एक प्रकारको पतझड रूख हो । यसको रूख होचो र झ्याम्म परेको हुन्छ । यो धेरैजसो भिरालो ठाउँमा उम्रन्छ । उच्च पहाडी भेगमा पाइने यो वनस्पति चैत–वैशाख महिनामा फुल्ने गर्छ । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । ३ हजार मिटरभन्दा उचाइमा सेतो गुराँस पाइन्छ । दुवै प्रकारका गुराँस औषधि मानिन्छन् । नेपालमा गुराँसको सर्वत बन्छ । विश्वमा गुराँसका ३२ प्रजाति पाइन्छन् । यसमध्ये नेपालका तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगमस्थल रहेको तीनजुरे मिल्के जल्जले क्षेत्रमा २८ प्राजातिका गुराँस पाइन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.