एकीकृत सहरी विकास परियोजना सुस्त

एकीकृत सहरी विकास परियोजना सुस्त

जनकपुरधामः सडक तथा नाला निर्माणका लागि जनकपुरमा सञ्चालित एकीकृत सहरी विकास परियोजनाको काम ठेकेदार कम्पनीको सुस्तताले ढिलो हुने भएको छ ।

सडक र नालाको जर्जर अवस्थाका कारण विकासको दृष्टिकोणले धेरै पछि परेको जनकपुरलाई यस आयोजनाले काया पलट गर्ने आस राखिएको थियो । तर, निर्माण काममा भइरहेको ढिलासुस्तीले गर्दा सर्वसाधारण सास्ती भोग्न बाध्य छन् । गत वैशाखमा विधिवत रूपमा सुरु भएको परियोजनाअन्तर्गतको निर्माण कार्य ढिलो हुँदै गएको सर्वसाधारणको आरोप छ ।

निर्माणको शिलान्यास गत वैशाखमा भए पनि त्यसपछि बर्खा सुरु भएकाले असार, साउन र भदौ गरी तीन महिनासम्म काम बन्द गरिएको थियो । असोजदेखि फेरि काम सुरु भयो तर ठेकेदार कम्पनीले जति काम सकाउनु पर्ने हो त्योभन्दा धेरै पछाडि छ ।

२०६६ सालमा जनकपुर नगरपालिकासँग सम्झौता गरी एडीबीद्वारा नगरमा प्रमुख तीनवटा क्षेत्र सडक तथा लेनको सुधार, नालाको स्तरउन्नति तथा फोहोर व्यवस्थापन गर्न ८० प्रतिशत अनुदान र २० प्रतिशत ऋण सहयोगम दुई अर्ब सहयोग गरिएको थियो ।

परियोजनाअन्तर्गत एक अर्ब तीन करोडमा रोड तथा नालाको स्तरउन्नतिको ठेक्का जेडआईसी र शर्मा भीजे कन्सट्रक्सनलाई दिइएको र उनीहरूले आफ्नो स्थानीय प्रतिनिधिका रूपमा कालिका रमण कन्सट्रक्सनमार्फत काम गराइरहेको छ ।

दुई वर्षको सम्झौता अवधिमध्ये करिब साढे ८ महिना बितिसक्दा मात्र साढे ३ किलोमिटर नालाको पाइप लगाइएको परियोजना अनुगमनको जिम्मेवारी पाएका डिजाइन सुपरभिजन कन्सलटेन्ट टोलीका प्रमुख बद्रीनाथ झाले बताए ।

दुई वर्षभित्र ३१ किलोमिटर पाइप लगाउनु पर्ने सम्झौता भएको हो तर ठेकेदारको ढिला सुस्तीले गर्दा काम समयमा हुने हो वा होइन भन्ने आशंका उत्पन्न भएको छ । ठेकेदार कम्पनीले हालसम्म व्यवस्थापन रकमबापत १२ करोड ८१ लख एडभान्स र ७ करोड ५० लाखको बिल भुक्तानीसहित २० करोडभन्दा बढी रकम पाइसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.