ट्रम्पले भने, 'सबै अमेरिकीको यो जित हो'
एजेन्सीः नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब सबै अमेरिकी एकजुट हुने बेला आएको बताएका छन् । अमेरिकाको ४५ औं राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक सम्बोधन गर्दै ट्रम्पले भने, यो विजय ऐतिहासिक हो । सबै अमेरिकीको यो जित हो।'
आफूलाई राष्ट्रपतिको निर्वाचनमा विजयी बनाउन परिवारको निकै ठूलो हात रहेको भन्दै ट्रम्पले भने, उहाँहरु सबैले निकै मेहनत गर्नु भएको छ। उनले सबै अमेरिकी मतदाताप्रति आभार व्यक्त गर्दै भने, निर्वाचनको अवधिमा मलाई समर्थन गर्ने नगर्ने तथा मत दिने नदिने सबै प्रति सम्मान व्यक्त गर्न चाहान्छु।'
उनले अब डेम्रोक्रेट र रिपब्लिकन सबै मिलेर अमेरिकालाई थप समृद्ध र सुरक्षित बनाउन लाग्नुपर्ने बताए।
पूर्वाधार निर्माण अभियानलाई तीव्र पार्ने बताउँदै उनले भने, अमेरिकी अर्थतन्त्रलाई विश्वकै सबैभन्दा बलियो अर्थतन्त्र बनाउनेछौं।उनले भने, हामीसँग विशाल आर्थिक योजना छ। हामी वृद्धिलाई दोब्बर बनाउने छौं।
उनले आफ्नो पहिलो प्राथमिकता अमेरिकीहरुको हित र हकका लागि हुने बताए ।
विशेष सम्बोधनको अन्त्यमा ट्रम्पले भने -'आई लभ दीस कन्ट्री।(म यो देशलाई माया गर्छु)।'